काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले युके पठाइदिन्छु भनी बेरोजगार युवतीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ स्थायी ठेगाना भएका ३४ वर्षीय विजय गुरुङ रहेका छन् ।
युके लैजाने भन्दै लामो समयसम्म झुक्याई पीडितबाट पाँच लाख रुपैयाँ असुल गरेको भनि एक पीडितले दिएकाे निवेदनकाे आधारमा गुरुङलाई नियन्त्रण लिएकाे प्रहरीले जनाएको छ।
उनीविरुद्ध अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


