फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी फरार व्यक्ति ठमेलबाट पक्राउ

२१ पुष २०८२

फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी फरार व्यक्ति ठमेलबाट पक्राउ

काठमाडौँ । गत पुस ६ गते ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा एक व्यक्तिलाई फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार राजकुमार भन्ने रोशन कुमार शाहीको जाहेरीका आधारमा सुमन भन्ने विष्णु श्रेष्ठ ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पुस १९ गते राति करिब १० बजे ठमेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको छ ।

पक्राउ परेका ३४ वर्षे श्रेष्ठविरुद्ध यसअघि पनि अभद्र व्यवहार तथा चोरी कसुरका विभिन्न मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

लागू औषधसहित ९ जना पक्राउ

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय...

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन्...

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालका टिकटक प्रयोगकर्तामाझ चर्चित तुलसा अधिकारीविरुद्ध नेपाल प्रहरीले तीन छुट्टाछुट्टै कसुरमा अनुसन्धान...

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक...