काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन गरेपछि नेपाली काँग्रेस विभाजित भएको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको संस्थापनपक्षीय केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहनेगरी पाँच वर्ष अवधिका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।
संस्थापनको यो निर्णयसँगै विशेष महाधिवेशन पक्षधरले पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ ।
काँग्रेसको वर्तमान महामन्त्री गगन थापाले आधिकारिक काँग्रेस आफूहरू रहेको तथा पार्टीको चिह्न रुख र चारतारे झण्डा आफूहरूसँगै रहेको बताएका छन् ।
यो पनि –

