काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका भरिया सनम शाक्यको हत्या आरोपी एक जनालाई ८ वर्षा पछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । २०७४ माघ ९ गते दुबईबाट ल्याइएको ३३ किलो सुन गायब बनाउन गौतमको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
मोरङ उर्लाबारीका सनम शाक्यलाई २०७४ साल फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो । सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे) लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि बिहिबार नै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए ।
यसअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो। गौतमविरूद्ध २०७५ साल वैशाख १९ गते मोरङ जिल्ला अदालतमा संगठित अपराध, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र कर्तव्य ज्यान कसुरमा सजाय माग गरेको थियो।
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
