रविको अभियोग फिर्ता लिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट

२ माघ २०८२

रविको अभियोग फिर्ता लिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा परेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दोस्रो रिट परेको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्चमा शुक्रबार रिट दायर गरेका हुन् । रिटमा महान्यायाधिवक्ताको निर्णय खारेज गर्न र निर्णय कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेशसमेत जारी गर्न माग गरिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते ७ पन्ने ठिप्पणी उठाउँदै रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोजन संशोधन गर्न स्वीकृति दिएकी थिइन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा महान्यायाधिवक्ताले फिर्ता लिन नमिल्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा व्यवस्था गरिएको भन्दै रिट निवेदक त्रिपाठीले उक्त निर्णय कानूनविपरीत रहेको जिकिर गरेका छन् ।

यसअघि शुक्रबार नै अधिवक्ता युवराज सफलले पनि रविको अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उता, नेपाल बार एशोसिएसनले समेत एक विज्ञप्ति जारी गर्दै  महान्यायाधिवक्ताको निर्णयको विरोध गरेको छ ।

रविको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको निर्णयमा बारको विरोध

 

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...