रेशमको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दा सपना र अव्दुलकाे इजलासमा

जस नेपाल

१८ माघ २०८२

रेशमको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दा सपना र अव्दुलकाे इजलासमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ ।

यसअघि अन्तरिम आदेश नदिइँदै मुद्दाको अर्को पेसी माघ १८ गते आइतबारका लागि तोकिएको थियो । सोहीअनुसार आइतबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ हुन लागेको हो ।

कैलाली क्षेत्र नम्बर–१ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको थियो ।

त्यसअघि ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाउने आदेश दिएको भए पनि हालसम्म चौधरीको मागबमोजिम कुनै अन्तरिम आदेश जारी भएको छैन ।

टीकापुर घटनामा तीन तहका अदालतबाट दोषी ठहर भई सजाय कायम रहेकै आधारमा निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।

याे पनि – काठमाडौँको मूलपानीमा गोली चल्यो, १० जना लुटेरा प्रहरी नियन्त्रणमा

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...