उम्मेदवारी खारेजी विरुद्धको रिटमा रेशमले आज पनि पाएनन्‌ अन्तरिम आदेश

१५ माघ २०८२

उम्मेदवारी खारेजी विरुद्धको रिटमा रेशमले आज पनि पाएनन्‌ अन्तरिम आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहिबार पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कैलाली क्षेत्र नम्बर–१ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा बिहिबार पेशी तोकिए पनि न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्ने आदेश मात्र दिएको छ ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशको विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाउने आदेश दिएको थियो । तर, चौधरीको मागअनुसार अन्तरिम आदेश भने बिहिबार पनि जारी भएन ।

टीकापुर घटनामा दोषी ठहर भइसकेका चौधरीलाई तीन तहका अदालतबाट सजाय कायम रहेकै आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोही निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यससँगै मुद्दाकाे अर्काे पेशी माग १८ गते आइतबारलाई ताेकिएकाे छ ।

याे पनि – काठमाडौँको मूलपानीमा गोली चल्यो, १० जना लुटेरा प्रहरी नियन्त्रणमा

सम्बन्धित खवर

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

काठमाडौँ । प्रविधिको विकाससँगै सवारी साधन क्षेत्रमा पनि नयाँ-नयाँ वैज्ञानिक प्रविधिको प्रयोग तीव्र रूपमा...

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको जोड

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको जोड

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद्...

अवैध नगद र सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

अवैध नगद र सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन...

सरकारी साक्षी बनेर बयान फेर्ने विकास चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी

सरकारी साक्षी बनेर बयान फेर्ने विकास चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेश गरिएका विकासकुमार चापागाईंविरुद्ध ५०...