काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा राख्न पर्याप्त आधार नदेखिएको भन्दै छाड्न निर्देशन दिएको हो । सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले आदेश जारी भएको पुष्टि गरेका छन् ।
प्रसाईंलाई प्रहरीले गत फागुन ४ गते भक्तपुरबाट नियन्त्रणमा लिएको थियो । यसअघि माघ २३ गते पनि उनी पक्राउ परेका थिए। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो र बयानपछि हाजिर जमानीमा रिहा गरिएको थियो ।
फागुन २१ मा तय गरिएको निर्वाचन प्रभावित पार्ने गतिविधि हुन सक्ने आशंकामा प्रसाईंलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको प्रहरी स्रोतको भनाइ छ । माघ ५ गते पोखराबाट पनि उनलाई पक्राउ गरी सोधपुछपछि छाडिएको थियो।
ताजा अपडेट
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
१२ फागुन २०८२अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली
१२ फागुन २०८२
