रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

जस नेपाल

५ फागुन २०८२

रवि लामिछाने तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौँ । रवि लामिछाने मंगलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रहेका उनी विचाराधीन मुद्दामा निर्धारित तारिखका लागि अदालत पुगेका हुन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा उनीविरुद्ध आरोपपत्र दायर भइसकेको छ। सोही प्रकरणमा पहिलो पटक तारिख लिन उनी पार्टीका केही नेता तथा समर्थकसहित अदालत परिसरमा देखिएका थिए।

यसअघि अदालतले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाको नियमित प्रक्रिया अन्तर्गत उनी मंगलबार अदालतमा उपस्थित भएको जनाइएको छ।

सम्बन्धित खवर

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...