काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाको आधारमा सोमबार राति करिब ९ बजे अपहरणमा परेका पूर्णबहादुर बोहरालाई उद्धार गरेको हो ।
बोहराको अपहरण गरेको आरोपमा सोही होटलबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का फपेन्द्र न्यौपाने, जुम्लाको तिला गाउँपालिका–८ का धनराज बस्नेत र कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ का शिवबहादुर घर्ती रहेका छन् ।
प्रहरीले घटनास्थलबाट विभिन्न तीन थान मोबाइल, एक राउण्ड गोली र एक थान चेकसमेत बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

याे पनि – बाटोमा भेटिएको नागरिकता बोकेर यत्रो ठगी !
ताजा अपडेट
नेपालको संविधान र संवैधानिक अर्थशास्त्र
१३ फागुन २०८२‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
१३ फागुन २०८२
