कांग्रेसको आधिकारिकता विवाद पेसी हेर्न नभ्याइनेमा

जस नेपाल

१ चैत २०८२

कांग्रेसको आधिकारिकता विवाद पेसी हेर्न नभ्याइनेमा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पेशी हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा आइतबार परेको उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको हो ।

भदौमा भएको जेन-जी विद्रोहपछि सत्ताच्युत कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पूर्वसंस्थापन पक्षले आफूलाई आधिकारिक दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । विशेष महाधिवेशनबाट पूर्व महामन्त्री गगन थापा सभापति चयन भएका थिए ।

विशेष महाधिवेशनको कार्यसमितिलाई निर्वाचन आयोगले भने यसअघि नै मान्यता दिइसकेको छ । आयोगको उक्त निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै पूर्व संस्थापन पक्ष सर्वोच्च पुगेको थियो । तर आयोगले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको थियो ।

कांग्रेसको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा उक्त रिट दायर गरेका हुन्‌ । उनले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति अवैधानिक रहेकाले निर्वाचन आयोगको निर्णय बदर माग गरेका छन्‌ ।

सम्बन्धित खवर

‘निजी जमिनमा धार्मिक गतिविधि गर्न बाधा नपुर्‍याउनू’

‘निजी जमिनमा धार्मिक गतिविधि गर्न बाधा नपुर्‍याउनू’

भारत । भारतको इलहावाद उच्च न्यायालयले उत्तर प्रदेशका अधिकारीहरूलाई निजी जग्गामा रहेका मस्जिदभित्र नमाज...

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको...

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...