‘निजी जमिनमा धार्मिक गतिविधि गर्न बाधा नपुर्‍याउनू’

जस नेपाल

१ चैत २०८२

‘निजी जमिनमा धार्मिक गतिविधि गर्न बाधा नपुर्‍याउनू’

भारत । भारतको इलहावाद उच्च न्यायालयले उत्तर प्रदेशका अधिकारीहरूलाई निजी जग्गामा रहेका मस्जिदभित्र नमाज पढ्दा बाधा गर्न रोक लगाएको छ । अदालतले कसैको निजी जमिनमा हुने नमाजमा हस्तक्षेप नगर्न सरकारलाई निर्देशन दिएको हो ।

न्यायाधीशद्वय शेखर बी. सराफ र विवेक सरनको डिभिजन बेञ्चले निजी परिसरमा धार्मिक प्रार्थना सभा आयोजना गर्न कुनै कानूनी रोक नभएको जनाएको हो ।

अदालतमा परेको एक रिट निवेदनमाथि यो आदेश जारी भएको भारतको बारएण्डबेञ्चमा उल्लेख छ । रिट निवेदकले वक्फ मस्जिद रजा नामक मस्जिदमा शान्तिपूर्वक नमाज पढ्ने क्रममा कुनै पनि प्रकारका हस्तक्षेप गर्न रोक लगाउनुपर्ने माग गरेका थिए । उक्त मस्जिद निजी परिसरमा रहेको छ ।

सार्वजनिक सडक या स्थानमा कानून उल्लङ्घन हुनेगरी त्यस्ता प्रार्थना भएको खण्डमा भने प्रहरीले कानूनबमोजिम उपयुक्त कारबाही गर्न सक्ने अदालतले स्पष्ट पारेको छ ।

सम्बन्धित खवर

साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म

साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म

काठमाडौँ । यो साता धेरैको ध्यान नयाँ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा नियुक्त भएपछि...

बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध

बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध

प्रत्येक न्यायाधीश आफ्नोसमक्ष प्रस्तुत मुद्दाका तथ्यहरुको मूल्याङ्कन र कानूनको आफ्नो बुझाइअनुसार निर्णय गर्न स्वतन्त्र...

विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको घोषणा

विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै न्याय...

नीतिगत भ्रष्टाचार अन्त्य गर्न स्वार्थको  द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरिने

नीतिगत भ्रष्टाचार अन्त्य गर्न स्वार्थको  द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नीतिगत भ्रष्टाचार रोक्न...