रविको मुद्दा : आज चौथो दिन निर्णयको पर्खाइ

जस नेपाल

५ चैत २०८२

रविको मुद्दा : आज चौथो दिन निर्णयको पर्खाइ

काठमाडौँ । रवि लामिछानेको अभियोजन फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि चार दिनयता नियमित सुनुवाई भइरहेको छ । आज (विहीबार) चौथो दिन सुनुवाई सकिएर आदेश आउने अनुमान गरिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरुको अभियोजन फिर्ता लिने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता युवाराज पौडल तथा आभास रेग्मीले माघ ४ गते सर्वोच्चमा छुट्टा छुट्टै रिट अर्ता गरेका थिए ।

तीनवटै रिटमाथि आइतबारदेखि न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको बेञ्चमा नियमित सुनुवाई हुँदै आएको छ । महान्यायाधिवक्ताको निर्णयलाई अन्तरिम आदेशमार्फत् बदर गर्ने कि नगर्ने भन्नेबारे आज अदालतले निर्णय सुनाउने अपेक्षा गरिएको छ ।

यो पनि-

जब रविको मुद्दामा सविता आफैं ‘न्यायाधीश’ बनिन्…

सम्बन्धित खवर

न्यायालयमाथि रास्वपाको नजर : सुनुवाईको प्रत्यक्ष प्रसारण !

न्यायालयमाथि रास्वपाको नजर : सुनुवाईको प्रत्यक्ष प्रसारण !

काठमाडौं । प्रचण्ड बहुमतका साथ सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतमा हुने...