ओलीको गिरफ्तारीविरुद्ध एमाले सर्वोच्च जाने

जस नेपाल

१४ चैत २०८२

ओलीको गिरफ्तारीविरुद्ध एमाले सर्वोच्च जाने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ । गैरकानूनी ढंगले प्रतिशोधपूर्णरुपमा पक्राउ गरिएको भन्दै त्यसलाई रोक्न एमालेले सर्वोच्च अदालतमा रिट लैजाने तयारी गरेको हो ।

शनिबार बिहान प्रहरीले गुण्डुस्थित निवासबाटै अध्यक्ष ओलीलाई पक्राउ गरेपछि नेकपा एमालेका नेता कार्यकर्ताहरु शनिबार बिहानैदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भेला भएका छन् । त्यहाँ कानूनविदहरुको टोली पनि पुगेको छ । कानूनविदहरुले गिरफ्तारीविरुद्ध कसरी कानूनी लडाइँमा जाने भनेर तयारी गरिरहेको स्रोतले बतायो ।ओलीको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालत जाने तयारी भइरहेको स्रोतले बतायो ।

प्रहरीले ओलीलाई शनिबार बिहान गिरफ्तार गरेको हुनाले आज अदालत विदाको दिन अदालत बन्द रहन्छ । त्यस्र्थ भोलि आइतबार एमालेले सर्वोच्चमा निवेदन दिने एमाले निकट स्रोतको भनाइ छ ।

प्रहरीले भदौ २३ को घटनामा १९ जनाको ज्यान जाने गरी गोली चलाएको आरोपमा शनिबार बिहान केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि नेपालको राजनीति तरंगित बनेको छ ।

काठमाडौंमा बिहानैदेखि प्रहरीको बाक्लो परिचालन गरिएको छ ।

यता, बिहानैदेखि पानीसमेत परिरहेको छ ।

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

सम्बन्धित खवर

गोली चलाउने सुरक्षाकर्मीलाई पनि पक्राउ गर्न जेनजी मुभमेन्टको माग

गोली चलाउने सुरक्षाकर्मीलाई पनि पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री...

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

केपी ओली र रमेश लेखक पक्राउ, ज्यानमुद्दा चलाइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस...

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

क्याबिनेटमा जेनेरेसन शिफ्ट : बालेन टिममा युवा हाबी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा युवाको वर्चस्व देखिएको छ । शुक्रवार विस्तार गरिएको...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्ने भएको छ। केहीबेरमै प्रधानमन्त्री तथा...