‘हेड मास्टर’ले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जस नेपाल

१७ चैत २०८२

‘हेड मास्टर’ले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेड मास्टर) नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

‘हेड मास्टर’ महतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम रु एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई रु ६५ हजार ३५० गरी रु एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ ।

विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुनः कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूविरुद्ध रु एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

सम्बन्धित खवर

नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दो

नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दो

काठमाडौँ । नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम निरन्तर बढिरहेको छ । वित्तीय...

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा धुम्बाराहीबाट पक्राउ, बाल शोषण मुद्दा पुनः ब्युँतियो

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा धुम्बाराहीबाट पक्राउ, बाल शोषण मुद्दा पुनः ब्युँतियो

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेकी छन् । बाल...

हेल्लो सरकार ! रानीपोखरीबाट लुटिएका राइफल र पेस्तोल खोई ?

हेल्लो सरकार ! रानीपोखरीबाट लुटिएका राइफल र पेस्तोल खोई ?

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफ्नो पदीय जिम्मेवारी सम्हालेदेखि नै सक्रिय देखिएका छन्...

बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सरकारको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र...