कानून मन्त्रालयमा ‘फास्ट ट्रयाक डेस्क’ स्थापना, फाइल ढिलासुस्ती अन्त्य गर्ने लक्ष्य

जस नेपाल

१७ चैत २०८२

कानून मन्त्रालयमा ‘फास्ट ट्रयाक डेस्क’ स्थापना, फाइल ढिलासुस्ती अन्त्य गर्ने लक्ष्य

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रालय अन्तर्गत हुने कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन ‘फास्ट ट्रयाक डेस्क’ स्थापना गरेको छ ।

मन्त्रालयले नयाँ संयन्त्रमार्फत फाइल व्यवस्थापनमा देखिँदै आएको ढिलासुस्ती अन्त्य गर्ने लक्ष्य राखेको जनाएको छ । अब ऐन तथा नियमको तर्जुमा, कानूनी परामर्श र संसदीय मामिलासम्बन्धी कामहरू एउटै विन्दुबाट प्राथमिकताका साथ छिटो टुङ्ग्याइनेछन् ।

मन्त्रालयका अनुसार ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा आएसँगै फाइलको प्रगति विवरण सहजै ट्र्याक गर्न सकिनेछ । यसले निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउने र सेवा प्रवाहलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

सुशासन प्रवर्द्धन तथा सरकारी सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित मन्त्रालयले उक्त डेस्क कार्यान्वयनमा ल्याएको जनाएको छ ।

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

सर्वोच्चमा कांग्रेसको मुद्दा : अर्को पेशी बैशाख ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर परेको रिटको अर्को पेशी आगामी बैशाख ३...