काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा यसअघि लाग्दै आएको पूर्वाधार कर ५० प्रतिशतले घटाएको छ । सरकारले पूर्वाधार विकास कर अन्तर्गत ग्राहकसँग प्रतिलिटर १० रुपैयाँ अतिरिक्त रकम लिने गरेको छ ।
आज (मङ्गलबार) बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा यसअघि थपिएको पूर्वाधार कर ५० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुल ५० प्रतिशतले घटाउने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन् ।
अमेरिका-इजरायलले गरेको आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिदिएपछि बढेको इन्धन सङ्कटसँगै यसको मूल्य पनि बढेको छ । इन्धनको मूल्य बढेपछि सर्वसाधारण नागरिकले पूर्वाधार कर हटाउन सरकारलाई आग्रह गरिरहेका थिए ।

