सम्पत्ति शुद्धीकरण मामिलामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

जस नेपाल

२५ चैत २०८२

सम्पत्ति शुद्धीकरण मामिलामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको छ । देउवा दम्पत्ति हाल नेपालबाहिर छन्‌ ।

नेपाल प्रहरीले उक्त पक्राउ पुर्जीबमोजिम पक्राउ प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप खेपेका देउवा दम्पत्तिविरुद्ध सोही कसुर अनुसन्धान गर्न पक्राउ पुर्जी लिइएको विभागका अधिकारीहरूले पनि पुष्टि गरेका छन्‌ ।

भदौ २३ र २४ मा भएको जेन-जी विद्रोह क्रममा प्रदर्शनकारीहरूको एक समूहले देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी गर्दा करोडौँ नगद जलेको अनुमान गरिएको थियो । आगो निभेपछि पनि खरानको चाङबाट जल्न बाँकी नोटका टुक्रा भेटिएको थियो । देउवा निवासको दुईवटा कोठामा नेपाली रुपैयाँ र अमेरिकी डलरलगायत नगद जलेको थियो ।

देउवाले भने आफ्नो घरमा रकम जलेको भिडियो एआईबाट बनाइएको तर्क गरेका थिए । उक्त घटनापछि देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाउनुपर्ने माग हुँदै आएको छ ।

सम्बन्धित खवर

नर्क पुग्ने बाटो पनि स्वर्गै जाउँला भनेर बनाइन्छ

नर्क पुग्ने बाटो पनि स्वर्गै जाउँला भनेर बनाइन्छ

प्रत्येक कानून व्यवसायीसँग दुईवटा परिचयपत्रहरू हुन्छन् । पहिलो, आफूसम्बद्ध बार एकाइले दिएको र दोस्रो,...

बोलाएको बेला उपस्थित हुने शर्तमा रिहा भए ओली र लेखक

बोलाएको बेला उपस्थित हुने शर्तमा रिहा भए ओली र लेखक

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको...

विदेशबाटै शेरबहादुर देउवाले भने– हाम्रो सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा छ

विदेशबाटै शेरबहादुर देउवाले भने– हाम्रो सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको थाहा...

ट्रम्पको चेतावनीपछिका १२ घण्टा र युद्ध रोक्ने १० बुँदे प्रस्ताव

ट्रम्पको चेतावनीपछिका १२ घण्टा र युद्ध रोक्ने १० बुँदे प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएको ठीक १२ घण्टाभित्रै इजरायल(इरान(अमेरिका...