सरकारी अस्पतालमा नयाँ नियम : बिरामीलाई अस्पतालमा पाइने औषधि मात्र सिफारिस गर्न पाइने

‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी

जस नेपाल

२८ चैत २०८२

सरकारी अस्पतालमा नयाँ नियम : बिरामीलाई अस्पतालमा पाइने औषधि मात्र सिफारिस गर्न पाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ ।

अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरूप कार्यविधि जारी गरेको हो ।

कार्यविधिअनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने छ । बिरामीको उपचार अभिलेख र ‘फलोअप’ व्यवस्थित गर्न एकीकृत विद्युतीय अभिलेख प्रणालीको विकास, प्रयोगशाला प्रतिवेदन २४ सै घण्टा उपलब्ध गराउने, अस्पतालको फार्मेसीमा पाइने औषधि मात्र चिकित्सकले सिफारिस गर्नुपर्ने छ ।

यसैगरी, बिरामीलाई ‘रिफर’ गर्नुपर्ने भएमा ‘रिफर स्लिप’सहित सरकारी अस्पतालमा पठाउनुपर्ने, अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि फार्मेसीमा मौज्दात हुनुपर्ने, कार्यालय समयभित्र र सेवा प्रवाहका बेला औषधि बिक्री प्रवर्द्धक (एमआर) लाई प्रवेश दिन पाइने छैन ।

सम्बन्धित खवर

देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न सरकारको निर्देशन

देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपानकक्ष व्यवस्था गर्न सरकारको निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै...

उपसभामुखमा ठाकुर निर्वाचित

उपसभामुखमा ठाकुर निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।...

वनमा आगो लगाउनेविरुद्ध मुद्दा दायर, ३ वर्ष कैद र ६० हजार जरिवाना मागदाबी

वनमा आगो लगाउनेविरुद्ध मुद्दा दायर, ३ वर्ष कैद र ६० हजार जरिवाना मागदाबी

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा...