काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न बुधबार उच्चस्तरीय आयोग गठन गरेपछि हजार भन्दा बढी राजनीतिक नेता र सरकारी ओहोदामा हाकिम बनेका व्यक्तिहरु तानिने भएका छन्।
सरकारले उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्ने भनेता पनि यसभित्र कुन–कुन पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरिनेछ भन्ने स्पष्ट कार्यदेश बनाइसकेको छैन । तर, के अनुमान गर्न सकिन्छ भने उक्त अवधिमा मन्त्री बनेका सबै व्यक्तिहरु सम्पत्ति छानविनको दायरामा आउनेछन् ।
यो दायरामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वराष्ट्रपतिद्वय डा. राववरण यादव र विद्यादेवी भण्डारीसमेत पर्छिन् । तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल पनि यसमा तान्छिन् । पूर्वउपराष्ट्रपति परमानन्द झादेखि लिएर नन्दबहादुर पुनसम्मको सम्पत्ति छानविनको दायरामा पर्ने देखिन्छ ।
निजामति कर्मचारीहरुको हकमा पूर्वसचिवदेखि तल कोको पर्छन् भन्ने कार्यादेश तयार भएपछि नै टुंगो लाग्ने छ । विभिन्न किायकमा महानिर्देशक, र एमडी बनेकाहरुलाई उच्च पदस्थ मान्ने हो भने सहसचिव र उपसचिवदेखि लिएर शाखा अधिकृतसम्मको सम्पत्ति छानविन गर्ने हो कि ? कतिपय खरदार र सुबबाहरुले समेत भ्रष्टाचार गरेर आलिशान महल ठड्याएको हुँदा कर्मचारीको कुन तहसम्मको सम्पत्ति छानबिन गर्ने भन्ने प्रश्न जटिल छ ।
रोचक त के छ भने रास्वपा नेतृत्वको सरकारले बनाएको उच्चस्तरीय आयोगले अब सत्तारुढ पार्टीका सभापति रवि लामिछानेको समेत सम्पत्ति छानविन गर्ने छ ।
त्यस्तै, वर्तमान सभामुख डोलप्रसाद अर्याल, मन्त्री बिराजभक्त श्रेष्ठदेखि लिएर रास्वपा सांसद डा. तोसिमा कार्की, पूर्वमन्त्री सुमना श्रेष्ठसमेतको सम्पत्ति छानविनको दायरामा पर्ने भएको छ । ०७९ को चुनावपछि रास्वपा नेताहरुको टोली उपप्रधान र गृहसहित रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी भएका कारण यी नेताहरुसमेत सम्पत्ति छानविनको दायरामा तानिने भएका हुन् ।
भ्रष्टाचार भएको छ कि छैन भनेर सम्पत्तिको जाँचबुझ हुँदा मृत्यु भइसकेका व्यक्तिको हकमा तिनका सन्तानहरुको समेत सम्पत्ति जाँचबुझ हुने गर्दछ । त्यसर्थ, छानविनको दायरामा मृतकका परिवारहरुले समेत उन्मुक्ति पाउने देखिँदैन ।
जस्तो– रास्वपा सांसद एवं कोषाध्यक्ष लीमा अधिकारीको समेत सम्पत्ति छानविन हुने भएको छ । उनका पिता एवं एमाले स्व. भरतमोहन अधिकारी ०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनी चारपटकसम्म मन्त्री र उपप्रधानमन्त्रीसमेत बनेका थिए । अब उनको परिवारको सम्पत्ति छानबिन हुँदा छोरी लीमाको सम्पत्तिमाथि पनि जाँचबुझ हुनेछ ।
त्यस्तै, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भइसकेको छ । तर, उनका छोरा सुनीलबहादुर थापा यसवीचमा मन्त्री भइसकेकाले थापा परिवारको समेत सम्पत्ति छानविनको दायरामा आउने छ । तर, सरकारले ०४६ सालदेखिकै सम्पत्ति छानबिन नगरेर ०६२ पछिको मात्रै छानविन गर्ने बताएकाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने तत्काल सम्पत्ति छानबिनको दायरामा आउने छैनन् । तर, ०६१ देखि ०६३ सालसम्म मन्त्रिपरिषदको अध्यक्ष नै बनेर प्रत्यक्ष शासन चलाएका कारण अब पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको समेत सम्पत्ति छानबिन हुने छ।
पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई मात्रै होइन, पूर्वन्यायाधीश खिलराज रेग्मी र सुशीला कार्कीको- समेत सम्पत्ति छानबिन हुनेछ । मन्त्री बन्न पुगेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको समेत सम्पत्ति छानबिन हुनेछ ।
बर्तमान सरकारमै रहेका नयाँ मन्त्री समेत आफ्ना पिताका कारण सम्पत्ति छानविनको दायरामा तानिने सम्भावना देखिएको छ । जस्तो– धनी मन्त्रीका रुपमा रहेका शिक्षा मन्त्री सस्मित पोखरेल आफ्नो पिताका कारण छानविनको दायरामा आउन सक्छन् । मन्त्री पोखरेलका पिता नेपाल राष्ट्र बैंकको निर्देशक र स्वास्थ्य बीमा बोर्डको प्रमुख भैसकेका उच्चपदस्त पूर्व सरकारी कर्मचारी हुन् ।
सरकारले उच्च पदस्थ कर्मचारीको पनि सम्पत्ति छानबिन गर्ने भनिरहँदा सेना र अदालतको क्षेत्रमा पनि हात हाल्छ या मन्त्री, नेता, राजनीतिक नियुक्ति र निजामति सेवालाई मात्र समेट्छ ? यो स्पष्ट भइसकेको छैन ।
अकूत सम्पत्ति आर्जन गर्नेहरुमा नेता र सरकारी कर्मचारी मात्र छैनन्, सार्वजनिक पदमा नबसेका बिचौलियाहरु पनि छन् । के उनीहरुले चाहिँ उन्मुक्ति पाउलान् त ? यो प्रश्न पनि जिवितै छ ।
तथापि सरकारले गरेको निर्णयलाई सुशासनको दृष्टिकोणले सकारात्मक कदम नै मान्नुपर्ने हुन्छ । तर, यसको निष्पक्षता र कार्यान्यवयन पक्षमा भने निरन्तर खबरदारीको आवश्यकता सधैँ रहिरहन्छ । विगतमा पनि यस्तो सम्पत्ति छानविन आयोग नबनेको होइन । ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला पूर्वन्यायाधीश भैरबप्रसाद लम्सालको संयोजकत्वमा ०४६ पछिका उच्चपदस्थहरुको सम्पति छानबीन गरिएको थियो । तर, लम्साल आयोगको प्रतिवेदन अहिलेसम्म गुपचुप राखिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने भनेको छ । आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई राखिएको छ भने सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साल रहेका छन् ।
छानबिन आयोगले पूर्वमन्त्रीहरुको मात्रै सम्पत्ति जाँचबुझ गर्छ या पूर्वसांसदहरुको समेत छानबिन गर्छ ? यो स्पष्ट भइसकेको छैन ।
यसै सन्दर्भमा यहाँ हामीले ०६२ पछिका विभिन्न सरकारहरुमा कोको मन्त्री बनेका थिए भन्नेबारे प्रारम्भिक सूची प्रकाशित गरेका छौँ । यो सूचीमा रहेका कतिपयको निधन भइसकेको छ भने कतिपय सादगी पूर्वमन्त्रीहरु सामान्य जीवन बिताइरहेका छन् ।
आयोगले यदि निष्पक्षरुपमा सम्पति जाँचबुझ गर्यो भने इमान्दार नेताहरुले यसलाई क्लिन चिट पाउने अवसरका रुपमा समेत सदुपयोग गर्न सक्ने छन् ।
०६२ देखि ०८२ सम्मका सरकारहरु–
- ज्ञानेन्द्र शाह (२०६१ माघ १९ देखि २०६३ बैशाख १२ सम्म)
- गिरिजाप्रसाद कोइराला (२०६३ बैशाख १२ देखि २०६५ भदौ २ सम्म)
- प्रचण्ड– (२०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म)
- माधवकुमार नेपाल (२०६६ जेठ ११–२०६७ माघ २३ )
- झलनाथ खनाल (२०६७ माघ २३–२०६८ भदौ १२ )
- बाबुराम भट्टराई (२०६८ भदौ १२–२०६९ चैत १ )
- खिलराज रेग्मी (२०६९ चैत १–२०७० माघ २८ )
- सुशील कोइराला (२०७० माघ २८–२०७२ असोज २५)
- केपी ओली (२०७२ असोज २५–२०७३ साउन २० )
- प्रचण्ड (२०७३ साउन २०–२०७४ जेठ २४)
- शेरबहादुर देउवा (२०७४ जेठ २४–२०७४ फागुन ३ )
- केपी ओली (२०७४ फागुन ३–२०७८ असार २९ )
- शेरबहादुर देउवा (२०७८ असार २९–२०७९ पुस १० )
- प्रचण्ड (२०७९ पुस १०–२०८१ असार ३० )
- केपी शर्मा ओली (२०८१ असार ३०–२०८२ भदौ २४ )
- सुशीला कार्की (२०८२ भदौ २७ – २०८२ चैत १३ )
ज्ञानेन्द्र शाहको मन्त्रिमण्डल (२०६१-०६३)

- ज्ञानेन्द्र शाह- अध्यक्ष
- डा तुल्सी गिरी- उपाध्यक्ष- भूमिसुधार तथा जलस्रोत
- कीर्तिनिधि बिष्ट- उपाध्यक्ष- भौतिक योजना तथा निर्माण
- बद्रीप्रसाद मण्डल- मन्त्री कृषि तथा सहकारी
- रमेशनाथ पाण्डे- परराष्ट्र
- राधाकृष्ण मैनाली- शिक्षा खेलकुद
- सलिम मियाँ अन्सारी- वन तथा भू संरक्षण
- प्रकाश कोइराला- वातावरण विज्ञान तथा प्रविधि
- कृष्णलाल थकाली- सामान्य प्रशासन
- बुद्धिराज बज्राचार्य- संस्कृति पर्यटन तथा नागरिक उड्ययन
- दुर्गा श्रेष्ठ- महिला बालबालिका तथा समाजकल्याण
- टंक ढकाल- सूचना तथा सञ्चार
- दानबहादुर शाही- गृह
- खड्गबहादुर जिसी- स्थानीय विकास
- रामनारायण सिंह- श्रम तथा यातायात
- मधुकर सम्शेर राणा- अर्थ
- निरन्जन थापा- कानुन न्याय तथा संसदीय व्यवस्था
- डा रूप ज्योति-अर्थ सहायक मन्त्री
- याङकिला शेर्पा- पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री
- बिनोद कुमार शाह- जलस्रोत सहायक मन्त्री
- छक्क बहादुर लामा- स्थानीय विकास सहायक मन्त्री
- गोल्छे सार्की- श्रम तथा यातायात सहायक मन्त्री
- जगत गौचन- भौतिक योजना तथा निर्माण सहायक मन्त्री
- निक्ष सम्शेर राणा-स्वास्थ्य तथा जनसङ्ख्या सहायक मन्त्री
- सिनेट श्रेष्ठ- शिक्षा तथा खेलकुद सहायक मन्त्री
गिरिजा प्रसाद कोइरालाको अन्तरिम सरकार २०६३

- गिरिजा प्रसाद कोइराला- प्रधानमन्त्री, रक्षा
- रामचन्द्र पौडेल- शान्ति तथा पुनर्निमाण
- साहना प्रधान- परराष्ट्र
- कृष्णबहादुर महरा- सूचना तथा सञ्चार
- प्रदीप नेपाल- शिक्षा तथा खेलकूद
- महन्थ ठाकुर- वातावरण तथा विज्ञान र प्रविधि
- डा रामशरण महत- अर्थ
- नरेन्द्रविक्रम नेम्वाङ- कानुन, न्याय तथा संसदीय व्यवस्था
- कृष्ण सिटौला- गृह
- देव गुरुङ- वन तथा वातावरण÷स्थानीय विकास मन्त्रालय
- श्याम सुन्दर गुप्ता – उधोग वाणिज्य आपूर्ति मन्त्री
- पृथ्वी सुब्बा गुरुङ – संस्कृति, पर्यटन तथा नगारिक उड्यान
- छविलाल विक – कृषि तथा सहकारी
- हिसिला यमी- भौतिक योजना तथा निर्माण मन्त्रालय
- जगत बोगटी- भूमिसुधार तथा व्यवस्था
- गिरीराजमणि पोखरेल- स्वास्थ्य
- खड्ग बहादुर विश्वकर्मा- महिला, बालबालिका र समाजकल्याण
- पम्फा भुसाल- राज्यमन्त्री
- रमेश लेखक- श्रम तथा यातायात राज्यमन्त्री
- ज्ञानेन्द्र ब कार्की- जलस्रोत राज्यमन्त्री
- रामचन्द्र यादव- समान्य प्रशासन राज्यमन्त्री
- मोहनसिंह राठौर- शिक्षा र खेलकुद राज्यमन्त्री
- इन्द्र ब गुरुङ- कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री
- शशी श्रेष्ठ– स्वास्थ्य राज्यमन्त्री
पुष्पकमल दाहालको सरकार २०६५

- पुष्पकमल दाहाल प्रचण्ड– प्रधानमन्त्री
- वामदेव गौतम– उपप्रधानमन्त्री, गृह
- बाबुराम भट्टराई– अर्थ
- उपेन्द्र यादव– परराष्ट्र
- रामबहादुर थापा– रक्षा
- विजयकुमार गच्छदार– भौतिक योजना तथा निर्माण
- विष्णुप्रसाद पौडेल– जलस्रोत
- कृष्णबहादुर महरा– सूचना तथा सञ्चार
- जयप्रकाश गुप्ता– कृषि तथा सहकारी
- अष्टलक्ष्मी शाक्य– उद्योग
- देव गुरुङ– कानुन, न्याय र संविधान सभा
- राजेन्द्र महतो– वाणिज्य तथा आपूर्ति
- मातृका यादव– भूमिसुधार तथा व्यवस्था
- महेन्द्र पासवान–
- गोपाल शाक्य – युवा तथा खेलकुद मन्त्री
- पम्फा भुसाल– सामान्य प्रशासन
- हिसिला यमी– पर्यटन तथा नागरिक उड्डयन
- गिरीराजमणि पोखरेल– स्वास्थ्य तथा जनसङ्ख्या
- रेणुकुमारी– यादव शिक्षा
- किरण गुरुङ– वन तथा भूसंरक्षण
- जनार्दन शर्मा– शान्ति तथा पुनर्निर्माण
- गोपाल किराती– संस्कृति तथा राज्य पुनर्संरचना
- रामचन्द्र झा– स्थानीय विकास
- लेखराज भट्ट– श्रम तथा यातायात
- गणेश शाह– विज्ञान तथा प्रविधि
- रामचरण चौधरी– महिला, बालबालिका तथा समाज कल्याण
माधव कुमार नेपालको मन्त्रिपरिषद् २०६६

- माधवकुमार नेपाल- प्रधानमन्त्री
- विजयकुमार गच्छदार- उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण
- सुजाता कोइराला- उपप्रधानमन्त्री, परराष्ट्र
- विद्यादेवी भण्डारी- रक्षा
- शरतसिंह भण्डारी- पर्यटन तथा नागरिक उड्डयन
- भीमबहादुर रावल- गृह
- सर्वेन्द्रनाथ शुक्ला- शिक्षा
- राजेन्द्र महतो- वाणिज्य तथा आपूर्ति
- सुरेन्द्र पाण्डे- अर्थ
- प्रेमबहादुर सिंह- कानुन तथा न्याय
- प्रकाशशरण महत- ऊर्जा
- बालकृष्ण खाँण- सिँचाई
- शंकर पोखरेल- सूचना तथा सञ्चार
- डा. मिनेन्द्र रिजाल- सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
- रकम चेम्जोङ- शान्ति तथा पूनर्निर्माण
- पूर्णकुमार सेर्मा लिम्बु- स्थानीय विकास
- उमाकान्त चौधरी- स्वास्थ्य तथा जनसङ्ख्या
- मो. आफ्ताब आलम- श्रम तथा यातायात
- प्रभाकर प्रधानाङ्ग (रविन्द्र श्रेष्ठ)- सामान्य प्रशासन
- डम्बर श्रेष्ठ- भूमीसुधार तथा व्यवस्था
- दीपक बोहरा- वन तथा भू-संरक्षण
- महेन्द्रप्रसाद यादव- उद्योग
- मृगेन्द्रकुमार सिंह यादव- कृषि तथा सहकारी
- गणेश तिवारी नेपाली- युवा तथा खेलकुद
- ठाकुरप्रसाद शर्मा- वातावरण
- लक्ष्मणलाल कर्ण- विना विभागीय
- सर्वदेवप्रसाद ओझा- महिला, बालबालिका तथा समाजकल्याण
- गणेशबहादुर खड्का- स्थानीय विकास राज्यमन्त्री
- डिल्लीबहादुर महत -शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री
- जीतबहादुर दर्जी गौतम- सामान्य प्रशासन राज्यमन्त्री
- चन्द्रसिंह भट्टराई- ऊर्जा राज्यमन्त्री
- खड्गबहादुर बस्याल सार्की- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
- दानबहादुर कुर्मी चौधरी- उद्योग राज्यमन्त्री
- मानबहादुर शाही- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
- इन्द्रप्रसाद ढुङ्गेल- विज्ञान तथा प्रविधि राज्यमन्त्री
- सञ्जयकुमार शाह- भौतिक योजना तथा निर्माण राज्यमन्त्री
- रामबच्चन अहिर यादव- महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री
- करिमा वेगम- कृषि तथा सहकारी राज्यमन्त्री
- शत्रुघप्रसाद सिंह कोइरी- पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
- सरोजकुमार यादव- वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
- गोविन्द चौधरी- शिक्षा राज्यमन्त्री
- कलावतीदेवी दुसाध- भौतिक योजना तथा निर्माण सहायक मन्त्री
- चन्दा चौधरी- युवा तथा खेलकुद सहायक मन्त्री
झलनाथ खनालको मन्त्रिपरिषद २०६७

- झलनाथ खनाल- प्रधानमन्त्री
- भरतमोहन अधिकारी– उप-प्रधानमन्त्री, अर्थ
- गङ्गालाल तुलाधर- शिक्षा, विज्ञान तथा प्रविधि
- विष्णु पौडेल- रक्षा
- कृष्णबहादुर महरा- उपप्रधानमन्त्री, सूचना तथा सञ्चार
- भरतमोहन अधिकारी– उप-प्रधानमन्त्री, अर्थ
- टोपबहादुर रायमाझी- भौतिक योजना
- वर्षमान पुन- शान्ति तथा पुनर्निर्माण
- खड्गबहादुर विश्वकर्मा- पर्यटन
- उपेन्द्र यादव- परराष्ट्र
- अग्निप्रसाद सापकोटा- सूचना तथा सञ्चार
- शक्तिवहादुर बस्नेत- स्वास्थ्य तथा जनसङ्ख्या
- उर्मिला अर्याल- स्थानीय विकास
- रघुवीर महासेठ- सिँचाई
- गोकर्ण विष्ट- ऊर्जा
- भानुभक्त जोशी- वन तथा भू-संरक्षण
- घनश्याम भुसाल– कृषि
- युवराज कार्की- सामान्य प्रशासन
- विश्वनाथ शाह- शान्ति तथा पुनर्निर्माण
- जयपुरी घर्ती- महिला, बालबालिका तथा समाजकल्याण
- रामचरण चौधरी- भूमिसुधार तथा व्यवस्था
- महेन्द्र पासवान- उद्योग
- प्रभु साह- कानुन तथा न्याय
- हितवहादुर तामाङ- युवा तथा खेलकुद
- हरिनारायण यादव- कृषि तथा सहकारी
- मोहम्मद इस्तियाक राई- श्रम तथा यातायात
- सुनीलकुमार मानन्धर- वातावरण
- खगेन्द्रप्रसाद प्रसाई- सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
- शत्रुघन महतो- स्थानीय विकास राज्यमन्त्री
- दलवहादुर सुनार- सिँचाई राज्यमन्त्री
- रामजी शर्मा- ऊर्जा राज्यमन्त्री
- डम्वर साम्वाहाम्फे- सामान्य प्रशासन राज्यमन्त्री
- भगवती चौधरी- वन तथा भू-संरक्षण राज्यमन्त्री
- हकिकुल्लाह खाँ- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
- देवी खड्का- भौतिक योजना तथा निर्माण राज्यमन्त्री
- धर्मशिला चापागाई- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
- ध्रुव आङदाम्बे लिम्वु- पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
- नन्दनकुमार दत्त- कृषि तथा सहकारी
डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद २०६८

- डा. बाबुराम भट्टराई- प्रधानमन्त्री
- विजयकुमार गच्छदार- उपप्रधानमन्त्री, गृह र रक्षा
- नारायणकाजी श्रेष्ठ- उपप्रधानमन्त्री, परराष्ट्र
- जयप्रकाशप्रसाद गुप्ता- सूचना तथा सञ्चार
- हृदयेश त्रिपाठी- भौतिक योजना तथा निर्माण
- पोष्टबहादुर बोगटी- ऊर्जा
- टोपबहादुर रायमाझी- स्थानीय विकास
- राजेन्द्र महतो- स्वास्थ्य तथा जनसङ्ख्या
- वर्षमान पुन- अर्थ
- दीनानाथ शर्मा- शिक्षा
- महेन्द्रप्रसाद यादव- सिंचाई
- लोकेन्द्र विष्ट मगर- पर्यटन तथा नागरिक उड्डयन
- गोपाल किराती- सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
- लेखराज भट्ट- वाणिज्य तथा आपूर्ति
- भीमप्रसाद गौतम- भूमिसुधार
- रामकुमार यादव- सामान्य प्रशासन
- अनिलकुमार झा- उद्योग
- वृजेशकुमार गुप्ता- कानुन तथा न्याय
- हेमराज तातेड- वातावरण
- नन्दन कुमार दत्त- कृषि तथा सहकारी
- कमला रोका- युवा तथा खेलकुद
- राजलाल यादव-
- मुहम्मद वकील मुसलमान- वन तथा भू-संरक्षण
- दानबहादुर कुर्मी चौधरी- महिला, बालबालिका तथा समाजकल्याण
- सरिता गिरी- श्रम तथा यातायात व्यवस्था
- कल्पना धमला- विज्ञान तथा प्रविधि
- सत्या पहाडी- शान्ति तथा पुनर्निर्माण
- राजकिशोर यादव-सूचना तथा सञ्चार
- चन्द्रदेव जोशी- भूमिसुधार तथा व्यवस्था
- डा. केशवमान शाक्य- वातावरण, विज्ञान तथा प्रविधि
- एकनाथ ढकाल- सहकारी तथा गरिवी निवारण
- कुमार बेल्बासे- श्रम तथा रोजगार
- यदुवंश झा- वन तथा भू-संरक्षण
- बद्रीप्रसाद न्यौपाने- महिला, बालबालिका तथा समाजकल्याण
- खोभारी राय- उद्योग राज्यमन्त्री
- रामबच्चन अहिर (यादव)- रक्षा राज्यमन्त्री
- सरोजकुमार यादव- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
- दिलीप महर्जन- पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
- विष्णुप्रसाद चौधरी- वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
- सूर्यमान दोङ- ऊर्जा राज्यमन्त्री
- लीला भण्डारी- शिक्षा राज्यमन्त्री
- गोपी आछामी- युवा तथा खेलकुद राज्यमन्त्री
- घनश्याम यादव- स्थानीय विकास राज्यमन्त्री
- ज्वाला साह- भूमिसुधार राज्यमन्त्री
- सुषमा शर्मा – सङ्घीय मामिला राज्यमन्त्री
- हरिराज लिम्बु – अर्थ राज्यमन्त्री
- सुनिताकुमारी महतो- सामान्य प्रशासन राज्यमन्त्री
- भीमराज चौधरी राजबंशी- गृह राज्यमन्त्री
- लक्ष्मण महतो- वन तथा भू–संरक्षण राज्यमन्त्री
- दुर्गादेवी महतो (धानुक)- वातावरण राज्यमन्त्री
- काशी देवी झा- कानुन तथा न्याय राज्यमन्त्री
- ईश्वर दयाल मिश्र- भौतिक योजना तथा निर्माण राज्यमन्त्री
- अरविन्द साह- महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री
- रमणी राम– सिँचाई राज्यमन्त्री
- सुरीताकुमारी साह- सूचना तथा सञ्चार राज्यमन्त्री
- ओमप्रकाश यादव- कृषि तथा सहकारी राज्यमन्त्री
खिलराज रेग्मीको मन्त्रिपरिषद् २०६९

- खिलराज रेग्मी- मन्त्रिपरिषद् अध्यक्ष, रक्षा, सहकारी तथा गरीबी निवारण
- माधवप्रसाद घिमिरे- गृह र परराष्ट्र
- हरिप्रसाद न्यौपाने- कानुन, श्रम तथा रोजगार
- ऋद्धिबाबा प्रधान- महिला, र भूमिसुधार
- विद्याधर मल्लिक- सङ्घीय मामिला, स्थानीय विकास र स्वास्थ्य
- माधवप्रसाद पौडेल- सामान्य प्रशासन, सञ्चार र शिक्षा
- शंकरप्रसाद कोइराला- अर्थ / उद्योग
- छविराज पन्त- भौतिक प”र्वाधार तथा यातायात र सहरी विकास
- टेकबहादुर थापा (घर्ती)- कृषि विकास र वन तथा भू-संरक्षण
- रामकुमार श्रेष्ठ- युवा तथा खेलकुद, शान्ति र पर्यटन
- उमाकान्त झा – उर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिंचाइ
सुशील कोइरालाको मन्त्रिपरिषद २०७०

- सुशील कोइराला- प्रधानमन्त्री
- बामदेव गौतम- उपप्रधानमन्त्री, गृह
- प्रकाशमान सिंह उपप्रधानमन्त्री, स्थानीय विकास
- रामशरण महत- अर्थ
- विमलेन्द्र निधि- भौतिक पूर्वाधार तथा यातायात
- नरहरि आचार्य- कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला
- महेश आचार्य- वन तथा भू-संरक्षण
- चित्रलेखा यादव- शिक्षा
- डा. मिनेन्द्र रिजाल- सूचना तथा सञ्चार
- राधा ज्ञवाली- ऊर्जा
- नारायण प्रकाश साउद- सिँचाइ
- डा. नारायण खड्का- सहरी विकास
- महेन्द्रबहादुर पाण्डे- परराष्ट्र
- खगराज अधिकारी- स्वास्थ्य तथा जनसङ्ख्या
- भीमप्रसाद आचार्य- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- लालबाबु पण्डित- सामान्य प्रशासन
- दलबहादुर राना- भूमिसुधार तथा व्यवस्था
- कर्णबहादुर थापा- उद्योग
- हरिप्रसाद पराजुली- कृषि विकास
- पुरुषोत्तम पौडेल- युवा तथा खेलकुद
- सुनीलबहादुर थापा- वाणिज्य तथा आपूर्ति
- निलम केसी (खड्का)- महिला तथा समाजकल्याण
- टेकबहादुर गुरूङ- श्रम तथा रोजगार राज्यमन्त्री
- गिरीबहादुर केसी- वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
केपी ओलीको मन्त्रिपरिषद २०७२

- खड्गप्रसाद शर्मा ओली – प्रधानमन्त्री
- बिजयकुमार गच्छदार- उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात
- कमल थापा – उपप्रधानमन्त्री, परराष्ट्र
- टोपबहादुर रायमाझी – उपप्रधानमन्त्री, उर्जा
- भीमबहादुर रावल- उपप्रधानमन्त्री, रक्षा
- सीपी मैनाली- उपप्रधानमन्त्री, महिला, बालबालिका तथा समाज कल्याण
- चित्रवहादुर के.सी.- उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण
- विष्णुप्रसाद पौडेल – अर्थ
- गिरीराजमणि पोखरेल- शिक्षा
- अग्निप्रसाद सापकोटा- वन तथा भूसंरक्षण
- शक्तिबहादुर बस्नेत- गृह
- एकनाथ ढकाल- शान्ति तथा पुनर्निर्माण
- अग्निप्रसाद खरेल- कानुन, न्याय तथा संसदीय मामिला
- सोमप्रसाद पाण्डे- उद्योग
- सत्यनारायण मण्डल- युवा तथा खेलकुद
- हरिबोल गजुरेल- कृषि विकास
- रामकुमार सुब्बा- भूमिसुधार तथा व्यवस्था
- रामजनम चौधरी- स्वास्थ्य तथा जनसङ्ख्या
- रेखा शर्मा- सामान्य प्रशासन
- गणेशमान पुन- वाणिज्य तथा आपूर्ति
- उमेश यादव- सिञ्चाई
- शेरधन राई- सूचना तथा सञ्चार प्रविधि
- शान्ता मानवी- पशुपंक्षी विकास
- विसेन्द्र पासवान- विज्ञान प्रविधि र वातावरण
- आनन्दप्रसाद पोखरेल – संस्कृति पर्यटन तथा नागरिक उड्ययान
- मेघराज नेपाली (निषाद) – उद्योग राज्यमन्त्री
- मो मुस्ताक आलम- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
- शिवलाल थापा- विज्ञान तथा प्रविधि माननीय राज्यमन्त्री
- विक्रमबहादुर थापा- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
- कुन्तीकुमारी शाही- सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
- दिनेशचन्द्र यादव- खानेपानी तथा सरसफाई राज्यमन्त्री
- दामोदर भण्डारी – अर्थ राज्यमन्त्री
- बलबहादुर महत- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
- नरदेवी पुन मगर- पशु विकास राज्यमन्त्री
- मञ्जुकुमारी चौधरी- सहरी विकास राज्यमन्त्री
- दिपनारायण साह- शान्ति तथा पुननिर्माण राज्यमन्त्री
- दिनेश श्रेष्ठ- भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री
- विराज विष्ट- सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री
प्रचण्डको मन्त्रिपरिषद २०७३

- पुष्पकमल दाहाल प्रचण्ड- प्रधानमन्त्री
- विमलेन्द्र निधि- उपप्रधानमन्त्री गृह
- कृष्णबहादुर महरा- उपप्रधानमन्त्री अर्थ
- अर्जुननरसिंह के.सी.- सहरी विकास
- रमेश लेखक- भौतिक पूर्वाधार तथा यातायात
- जनार्दन शर्मा- ऊर्जा
- डा. प्रकाशशरण महत- परराष्ट्र
- बालकृष्ण खाँण- रक्षा
- दीपक बोहरा- आपूर्ति
- सूर्यमान गुरुङ- श्रम तथा रोजगार
- गौरीशंकर चौधरी- कृषि विकास
- दलजित श्रीपाइली- युवा तथा खेलकुद
- विक्रम पाण्डे- भूमिसुधार तथा व्यवस्था
- जयदेव जोशी- जनसङ्ख्या तथा वातावरण
- हितराज पाण्डे- सङ्घीय मामिला तथा स्थानीय विकास
- सुरेन्द्रकुमार कार्की (राम कार्की )- सूचना तथा सञ्चार
- धनिराम पौडेल- शिक्षा
- अजयशंकर नायक- कानुन, न्याय, तथा संसदीय मामिला
- केशवकुमार वुढाथोकी- सामान्य प्रशासन
- रोमी गौचन थकाली- वाणिज्य
- सीतादेवी यादव- शान्ति तथा पुननिर्माण
- जीवनबहादुर शाही- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- दीपक गिरी- सिँचाइ
- नवीन्द्रराज जोशी- उद्योग
- शंकर भण्डारी- वन तथा भू-संरक्षण
- गगनकुमार थापा- स्वास्थ्य
- हृदयराम थानी- सहकारी तथा गरिबी निवारण
- श्रीप्रसाद जवेगु- सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
- सत्यनारायण भगत- ऊर्जा राज्यमन्त्री
- राधिका तामाङ- कृषि राज्यमन्त्री
- धनमाया वि.क.- शिक्षा राज्यमन्त्री
- दीर्घराज भाट- वन तथा भू-संरक्षण राज्यमन्त्री
- सीताराम मेहता- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
- तारामान गुरङ्ग- स्वास्थ्य राज्यमन्त्री
- सुरेन्द्रराज आचार्य- सिँचाइ राज्यमन्त्री
- सुवर्ण ज्वारचन- वाणिज्य राज्यमन्त्री
- इन्द्रबहादुर बानिया- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
- दिलिप खवास गच्छदार- श्रम तथा रोजगार राज्यमन्त्री
- दिपक खड्का- खानेपानी तथा सरसफाई राज्यमन्त्री
- कन्चन चन्द्र बादे- उद्योग राज्यमन्त्री
- मिठु मल्ल- सहरी विकास राज्यमन्त्री
शेरबहादुर देउवाको मन्त्रिपरिषद २०७४

- शेरबहादुर देउवा- प्रधानमन्त्री
- विजयकुमार गच्छदार- उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास
- कमल थापा- उपप्रधानमन्त्री, ऊर्जा
- कृष्णबहादुर महरा- उपप्रधानमन्त्री
- गोपालमान श्रेष्ठ- उपप्रधानमन्त्री, शिक्षा
- गिरिराजमणि पोखरेल- विनाविभागीय
- ज्ञानेन्द्रबहादुर कार्की- अर्थ
- फरमुल्लाह मन्सुर- श्रम तथा रोजगार
- जनार्दन शर्मा- विनाविभागीय
- दीपक बोहरा- स्वास्थ्य
- प्रभु शाह- विनाविभागीय
- सुनीलबहादुर थापा- उद्योग
- जयन्त चन्द- आपूर्ति
- बिक्रम पाण्डे- वन तथा भू-संरक्षण
- दिलनाथ गिरी- सहरी विकास
- जितेन्द्रनारायण देव- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- गोपाल दहित- भूमिसुधार तथा व्यवस्था
- मोहनबहादुर बस्नेत- सूचना तथा सञ्चार
- रामकृष्ण यादव- कृषि विकास
- महेन्द्र यादव- खानेपानी तथा सरसफाई
- अम्बिका बस्नेत- सहकारी तथा गरिबी निवारण
- वीरबहादुर बलायर- भौतिक पूर्वाधार तथा यातायात
- मीनबहादुर विश्वकर्मा- वाणिज्य
- यज्ञबहादुर थापा- कानुन, न्याय, तथा संसदीय मामिला
- भीमसेनदास प्रधान- रक्षा
- सञ्जयकुमार गौतम- सिँचाइ
- राजेन्द्रकुमार के.सी. – युवा तथा खेलकुद
- टेकबहादुर बस्नेत- विनाविभागीय
- शिवकुमार मण्डल केवट- विनाविभागीय
- महेन्द्रबहादुर शाही- विनाविभागीय
- आशा कोइराला- विनाविभागीय
- सन्तकुमार थारु- विनाविभागीय
- मिथिला चौधरी- जनसङ्ख्या तथा वातावरण
- विक्रमबहादुर थापा- महिला, बालबालिका तथा समाजकल्याण
- कुन्तीकुमारी शाही- सहरी विकास राज्यमन्त्री
- मोहम्मद जाकिर हुसेन- विनाविभागीय राज्यमन्त्री
- रामसिंह यादव- विनाविभागीय राज्यमन्त्री
- श्यामकुमार श्रेष्ठ- विनाविभागीय राज्यमन्त्री
- शम्भुलाल श्रेष्ठ- विनाविभागीय राज्यमन्त्री
- कर्णबहादुर बि.क. – विनाविभागीय राज्यमन्त्री
- छमबहादुर गुरुङ- विनाविभागीय राज्यमन्त्री
- गोमा कुँवर- विनाविभागीय राज्यमन्त्री
- वाङदी शेर्पा- विनाविभागीय राज्यमन्त्री
- सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
- सरिता प्रसाई कृषि विकास राज्यमन्त्री
- शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री
- नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री
- अब्दुल रज्जाकगद्दी- खानेपानी तथा सरसफाई राज्यमन्त्री
- तप्तबहादुर विष्ट सूचना तथा सञ्चार राज्यमन्त्री
- अमरसिंह पुन- सिँचाइ राज्यमन्त्री
- दिलमान पाख्रिन- कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री
- उदयशम्सेर राणा- अर्थ राज्यमन्त्री
- डिल्लीबहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री
- तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री
- चम्पादेवी खड्का- सहकारी तथा गरिबी निवारण राज्यमन्त्री
- जनकराज चौधरी- सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
- सुमित्रा थरुनी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
- यसोदा कुमारी लामा- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
- रेशम लामा- उद्योग राज्यमन्त्री
- विराज विष्ट- विज्ञान तथा प्रविधि राज्यमन्त्री
- कमला देवी शर्मा- वन तथा भू-संरक्षण राज्यमन्त्री
- भाष्कर भद्रा- ऊर्जा राज्यमन्त्री
- सुशीलकुमार श्रेष्ठ- आपूर्ति राज्यमन्त्री
- कान्ता भट्टराई- महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री
केपी ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकार २०७४

- खड्ग प्रसाद (केपी) शर्मा ओली- प्रधानमन्त्री
- ईश्वर पोखरेल- उपप्रधान तथा रक्षा
- राम बहादुर थापा- गृह
- प्रदीपकुमार ज्ञवाली- परराष्ट्र
- वर्षमान पुन- ऊर्जा, जलस्रोत तथा सिँचाई
- गिरीराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि
- लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति
- रघुबीर महासेठ- भौतिक पूर्वाधार तथा यातायात, पछि परराष्ट्र
- गोकर्ण विष्ट- श्रम , रोजगार, तथा सामाजिक सुरक्षा
- शक्तिबहादुर बस्नेत- वन तथा वातावरण
- लालबाबु पण्डित- सङ्घीय मामिला तथा सामान्य प्रशासन
- थममाया थापा- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
- डा. युवराज खतिवडा- अर्थ
- जगतबहादुर सुनार (विश्वकर्मा) – युवा तथा खेलकुद
- रविन्द्रप्रसाद अधिकारी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- शेरबहादुर तामाङ – कानुन, न्याय, तथा संसदीय मामिला
- चक्रपाणि खनाल- कृषि, भूमि व्यवस्था तथा सहकारी
- बीना मगर- खानेपानी
- पद्माकुमारी अर्याल – स्वास्थ्य तथा जनसङ्ख्या
- गोकुलप्रसाद बास्कोटा- सञ्चार तथा सूचना प्रविधि
- धनबहादुर बुढा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी
ओलीको करिब चार वर्षे शासनमा विभिन्न समयमा बनाइएका मन्त्रीहरु–
- राजेन्द्र महतो– शहरी विकास
- खगराज अधिकारी– गृह
- कृष्णगोपाल श्रेष्ठ– शिक्षा
- अनिलकुमार झा– खानेपानी
- राजकिशोर यादव– उद्योग
- बसन्तकुमार नेम्वाङ – भौतिक पूर्वाधार
- नैनकला थापा– सूचना प्रविधि
- लीलानाथ श्रेष्ठ– कानून
- एकवाल मियाँ– खेलकूद
- नारदमुनि राना– वन
- गणेशकुमार पहाडी सामान्य प्रशासन
- उमा शंकर अरगरिया– पर्यटन
- चन्दा चौधरी– महिला
- विमल प्रसाद श्रीवास्तव – श्रम
- लक्ष्मण लाल कर्ण– भूमि व्यवस्था
- मोहन कुमार बानियाँ– प्रम कार्यालय
- चन्द्रकान्त चौधरी– उर्जा राज्यमन्त्री
- रेणुका गुरुङ– महिला राज्यमन्त्री
- आशाकुमारी बिक– वन राज्यमन्त्री
देउवा मन्त्रिपरिषद, २०७८
- शेरबहादुर देउवा- प्रधानमन्त्री
- बालकृष्ण खाँड- गृहमन्त्री
- ज्ञानेन्द्रबहादुर कार्की- सञ्चार तथा सूचना प्रविधि
- पम्फा भुसाल- ऊर्जा, जलस्रोत तथा सिँचाइ
- राजेन्द्रप्रसाद श्रेष्ठ- सङ्घीय मामिला तथा सामान्य प्रशासन
- विरोध खतिवडा- स्वास्थ्य तथा जनसङ्ख्या
- जनार्दन शर्मा- अर्थ
- मिनेन्द्र प्रसाद रिजाल- रक्षा
- उमाकान्त चौधरी- खानेपानी तथा सरसफाई
- नारायण खड्का- परराष्ट्र
- रेणु यादव- भौतिक योजना तथा निर्माण
- प्रेम आले- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- ज्ञानेन्द्रबहादुर कार्की- कानुन, न्याय तथा संसदीय मामिला
- दिलेन्द्र प्रसाद बडू –
- देवेन्द्र पौडेल- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
- महेन्द्र यादव- कृषि तथा पशुपंक्षी विकास
- उमा रेग्मी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
- शशि श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
- रामकुमारी झाँक्री- सहरी विकास मन्त्री
- गजेन्द्रबहादुर हमाल- उद्योग, वाणिज्य तथा आपूर्ति
- रामसहाय यादव- वन तथा वातावरण
- कृष्णकुमार श्रेष्ठ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
- महेश्वर जङ्ग गहतराज- युवा तथा खेलकुद
- उमेश श्रेष्ठ- स्वास्थ्य राज्यमन्त्री
- भवानीप्रसाद खापुङ- शिक्षा, राज्यमन्त्री
प्रचण्ड मन्त्रिपरिषद २०७९ (एमाले र रास्वपासँगको सहकार्य)

- पुष्पकमल दाहाल प्रचण्ड- प्रधानमन्त्री
- रघुवीर महासेठ- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
- नारायणकाजी श्रेष्ठ- उपप्रधानमन्त्री तथा परराष्ट्र
- रवि लामिछाने- उपप्रधानमन्त्री तथा गृह
- उपेन्द्र यादव- उपप्रधानमन्त्री तथा स्वास्थ
- वर्षमान पुन- अर्थ
- शक्ति बहादुर बस्नेत- उर्जा
- भानुभक्त जोशी- सामान्य प्रशासन
- हितबहादुर तामाङ- पर्यटन
- रेखा शर्मा- सूचना प्रविधि
- पदम गिरी- कानून
- ज्वालाकुमारी साह- कृषि
- बलराम अधिकारी- भूमि व्यवस्था
- दामोदार भण्डारी- उद्योग
- भगवती चौधरी- महिला तथा वालवालिका
- राजेन्द्रकुमार राई- खानेपानी
- हरिप्रसाद उप्रेती- रक्षा
- धन बहादुर बुढा- सहरी विकास
- डोल प्रसाद अर्याल- श्रम
- सुमना श्रेष्ठ- शिक्षा
- विराज भक्त श्रेष्ठ- युवा तथा खेलकूद
- नवलकिसोर साह सुडी- वन तथा वातावरण
- दीपक कार्की- वन तथा वातावरण राज्यमन्त्री
- तोसिमा कार्की- स्वास्थ्य राज्यमन्त्री
(राप्रपाका मन्त्रीहरु)–
- राजेन्द्रप्रसाद लिंगदेन- उपप्रधानमन्त्री तथा उर्जा
- विक्रम पाण्डे- शहरी विकास
- ध्रुवबहादुर प्रधान- कानून
- दीपकबहादुर सिंह- उर्जा तथा जलस्रोत राज्यमन्त्री
(नेपाली कांग्रेस र जसपा लगायतसँगको सहकार्य)

- पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री
- पूर्णबहादुर खड्का- उपप्रधानमन्त्री तथा रक्षा
- नारायणकाजी श्रेष्ठ- उपप्रधानमन्त्री तथा गृह
- बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास
- धनराज गुरूङ- कानुन, न्याय तथा संसदीय मामिला
- अशोककुमार राई- शिक्षा, विज्ञान तथा प्रविधि
- शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
- प्रकाशशरण महत- अर्थ
- महिन्द्र राय यादव- खानेपानी
- शक्तिबहादुर बस्नेत- ऊर्जा, जलस्रोत तथा सिँचाई
- नारायण प्रकाश साउद- परराष्ट्र
- रेखा शर्मा- सञ्चार तथा सूचना प्रविधि
- मोहनबहादुर बस्नेत- स्वास्थ्य तथा जनसङ्ख्या
- सुदन किराती- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
- प्रकाश ज्वाला- भौतिक पूर्वाधार तथा यातायात
- रञ्जिता श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
- रमेश रिजाल- उद्योग, वाणिज्य तथा आपूर्ति
- सीता गुरूङ- सहरी विकास
- डिगबहादुर लिम्वु- युवा तथा खेलकुद
- सुरेन्द्रराज आचार्य- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
- वीरेन्द्रप्रसाद महतो- वन तथा वातावरण
- अनिता देवी- सङ्घीय मामिला तथा सामान्य प्रशासन
- सुशीला सिर्पाली ठकुरी- पर्यटन राज्यमन्त्री
- नन्दा चपाई- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
एमाले-कांग्रेस संयुक्त सरकार २०८१

- केपी शर्मा ओली- प्रधानमन्त्री
- प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
- विष्णु पौडेल– उपप्रधान तथा अर्थ
- पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि तथा सञ्चार
- रमेश लेखक – गृह
- आरजु राणा देउवा– परराष्ट्र
- देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
- शरतसिंह भण्डारी– श्रम तथा रोजगार
- नवलकिशोर साह सुडी– महिला बालबालिका
- बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारी
- दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्ति
- तेजुलाल चौधरी– युवा तथा खेलकुद
- प्रदीप यादव– खानेपानी
- प्रदीप पौडेल– स्वास्थ्य
- अजय चौरसिया– कानुन न्याय तथा संसदीय मामिला
- बद्रीप्रसाद पाण्डे– पर्यटन
- रामनाथ अधिकारी– कृषि
- विद्या भट्टराई– शिक्षा विज्ञान तथा प्रविधि
- मानवीर राई– रक्षा
- दीपक खड्का – जलस्रोत तथा ऊर्जा
- राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
- ऐनबहादुर शाही ठकुरी– वन तथा वातावरण
- रघुजी पन्त– शिक्षा (विद्या भट्टराईको ठाउँमा)
सुशीला कार्की सरकार २०८२

- सुशीला कार्की– प्रधानमन्त्री
- रामेश्वर प्रसाद खनाल– अर्थ, सामान्य प्रशासन
- कुलमान घिसिङ– उर्जा, भौतिक पूर्वाधार, शहरी विकास
- ओमप्रकाश अर्याल– गृह
- अनिल कुमार सिन्हा– उद्योग, कानून, पर्यटन
- महावीर पुन– शिक्षा
- मदनप्रसाद परियार – कृषि
- जगदीश खरेल– सञ्चार तथा सूचना प्रविधि
- सुधा गौतम– स्वास्थ्य
- बब्लु गुप्ता– युवा तथा खेलकूद
- कुमार इङनाम– भूमि व्यवस्था
- राजेन्द्रसिंह भण्डारी– श्रम
- माधवप्रसाद चौलागाई– वन
- श्रद्धा श्रेष्ठ– महिला
- बालानन्द शर्मा- परराष्ट्र
ताजा अपडेट
स्वतन्त्र न्यायपालिकाको ओज
२ वैशाख २०८३काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी
२ वैशाख २०८३
