नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

जस नेपाल

४ साउन २०८३

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको सङ्घीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो वेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालमा सजाय काटेर फर्किएका निजलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । कुम्ब्सन त्यसबेलादेखि हिरासतमा छन् । निजविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ ।

बालकहरूको यौन शोषण गर्न सङ्गठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दूराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरू गरेको थियो । विसं २०७३ भदौ २४ गते ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दूराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई नौ वर्ष र पुतवारलाई चार वर्ष कैद सजाय ठहर भएको थियो । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा आठ जना बालबालिकामाथि यौन दुव्र्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकालाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ ।

कुम्ब्सले खिचेको पीडितको तस्बिरहरू निजका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरिएको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।

सम्बन्धित खवर

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

त्रिवि कानून संकायले सार्वजनिक गर्‍यो B.A.LL.B प्रवेश परीक्षाको नतिजा (नतिजासहित ) 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले बी.ए.एल एल.बी (B.A.LL.B) कार्यक्रमको प्रवेश परीक्षाको...

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...