भेप भित्र सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको बयान जारी

जस नेपाल

१८ जेठ २०८३

भेप भित्र सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको बयान जारी

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतमा हाल बयान लिने कार्य भइरहेको छ ।

विशेष अदालतको वेबसाइटमा प्रकाशित विवरणअनुसार महराको बयान लिने प्रक्रिया जारी रहेको छ। बयान सकिएपछि थुनछेक बहस अघि बढ्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपभित्र लुकाएर सुन तस्करी गरिएको प्रकरणमा महरासहित भन्सारका उच्च अधिकारी तथा अन्य व्यक्तिविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार २०७९ पुस १० गते दुबईबाट नेपाल ल्याइएका ७३० थान भेपभित्र सुन लुकाइएको भेटिएको थियो । सोही प्रकरणमा अनुसन्धानपछि महरासहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

सम्बन्धित खवर

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

बिराटनगर। मोरङको सिडियो कार्यालयको निर्णयलाई उधृत गर्दै जिल्लाका १७ वटै सबै स्थानीय तहले हालै...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...