रास्वपाले छान्यो समानुपातिक सांसद, ८४ प्रतिशत महिला

जस नेपाल

२३ असार २०८३

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक कोटाबाट सांसद्‌ बन्ने ५७ जनाको नाम टुङ्ग्याएको छ । छानिएकाको नाम रास्वपाले आजै निर्वाचन आयोगमा पठाउँदैछ ।

उक्त पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार; रास्वपाले जितेको समानुपातिकतर्फको ५७ सिटमा महिलामात्रै ४८ जना पठाउँदैछ । यो सङ्ख्या रास्वपाको समानुपातिक सिटको ८४ प्रतिशतभन्दा बढी हो ।

आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिकमा पुरुषतर्फ नौ जनाको नाममात्रै आयोगमा पठाउने निर्णय गरेको झाले बताएका छन्‌ । उनका अनुसार; कानूनले तोकेबमोजिमका क्लष्टरमध्ये खसआर्यबाट १७, जनजातिबाट १६, मुस्लिमबाट तीन, दलितबाट आठ, मधेसीबाट नौ र थारु समुदायबाट चारजनाको नाम पठाउन लागिएको हो ।

निर्वाचन आयोगमा औपचारिक प्रक्रिया पूरा भएपछि समानुपातिक सा‌ंसद्‌ निम्ति सिफारिस भएकाहरूको नाम सार्वजनिक गरिने झाले बताएका छन्‌ ।

सम्बन्धित खवर

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

काठमाडौँ । सरकारले श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानूनी दायरामा ल्याउने भएको छ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ । संघीय...

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...