शिक्षककै ‘सर्टिफिकेट’ नक्कली भेटिएपछि …

जस नेपाल

२४ असार २०८३

शिक्षककै ‘सर्टिफिकेट’ नक्कली भेटिएपछि …

फाइल फाेटाे ।

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर माध्यमिक तहको शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाको एक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, धनगढीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरका मा.वि. तृतीय श्रेणीका शिक्षक गुन्जेश्वर मण्डलले नियुक्तिका बेला भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट आई.एससी. र चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको छ ।

उजुरीका आधारमा अनुसन्धान गर्दा मण्डलले शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको देखिएको आयोगले जनाएको छ । त्यसबाट उनले शिक्षक पदमा नियुक्ति, ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको आयोगको आरोप छ ।

आयोगले मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना सजायको मागदाबी लिई आज बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

बिराटनगर। मोरङको सिडियो कार्यालयको निर्णयलाई उधृत गर्दै जिल्लाका १७ वटै सबै स्थानीय तहले हालै...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...