सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको म्याद फेरि थपियो

जस नेपाल

२४ असार २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको म्याद फेरि थपियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले बुधबार चौथोपटक म्याद थप गरेको हो ।

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि पौडेलको म्याद थप्ने आदेश दिएको अदालत प्रशासन शाखाले जनाएको छ ।

अदालतका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान जारी रहेकाले पौडेललाई थप पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।

सम्बन्धित खवर

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

बिराटनगर। मोरङको सिडियो कार्यालयको निर्णयलाई उधृत गर्दै जिल्लाका १७ वटै सबै स्थानीय तहले हालै...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...