सम्पत्ति शुद्धीकरण आयोगको मुद्दा संवैधानिक इजलासमा सारिएपछि नेपाल बार असन्तुष्ट

जस नेपाल

२९ साउन २०८३

सम्पत्ति शुद्धीकरण आयोगको मुद्दा संवैधानिक इजलासमा सारिएपछि नेपाल बार असन्तुष्ट

काठमाडौँ  । सरकारद्वारा गठित सम्पत्ति शुद्धीकरण आयोगका विरुद्ध परेका रिट निवेदनहरू टिप्पणी आदेशमार्फत संवैधानिक इजलासमा सारिएको विषयमा नेपाल बार एशाेसिएशनले गम्भीर ध्यानाकर्षण जनाएको छ।

बार एशाेसिएशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा  उल्लेख गरिए अनुसार  खुल्ला इजलासमा विचाराधीन मुद्दा पेशीका दिन दुवै पक्षले बहस गर्ने वा नगर्ने तथा मुद्दा अन्यत्र पठाउने वा नपठाउने विषयमा निर्णय गर्ने परम्परा र अभ्यास रहिआएकोमा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको छ।

विज्ञप्तिमा थप भनिएको छ ‘परम्परा विपरीत संवैधानिक इजलास गठन गरिनु र सो इजलासमा चयनका आधारमा मुद्दाहरू तोक्नु नेपालको न्यायपालिकाको स्थापित मूल्य र मान्यताको प्रतिकूल हो। न्यायपालिकाले संविधानवादको रक्षा गर्नुपर्नेमा नियन्त्रित र निर्देशित समूहबाट संवैधानिक इजलासको छनोटपूर्ण गठन तथा टिप्पणी आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने कार्यले नियन्त्रित न्यायपालिकाको खतरा महसूस भएको छ।’

बारले यस्ता विषय तत्काल सच्याउनु पर्ने भन्दै प्रधान न्यायाधीशसमक्ष ध्यानाकर्षण गराएको हाे।

हेर्नुहोस् विज्ञप्ति –

 

 

सम्बन्धित खवर

सर्वोच्च अदालतले भन्याे – चेक अनादरको पुरानो व्यवस्था खारेज संविधानसम्मत (पूर्णपाठ सहित ) 

सर्वोच्च अदालतले भन्याे – चेक अनादरको पुरानो व्यवस्था खारेज संविधानसम्मत (पूर्णपाठ सहित ) 

काठमाडौँ । चेक अनादर (बाउन्स) सम्बन्धी पुरानो व्यवस्था खारेज गर्दा पीडित उपचारविहीन हुने भन्दै...

किशोर श्रेष्ठको गिरफ्तारी : प्रेस Vs फौजदारी कानून

किशोर श्रेष्ठको गिरफ्तारी : प्रेस Vs फौजदारी कानून

काठमाडौँ । जनआस्था साप्ताहिकका  प्रधानसम्पादक किशोर श्रेष्ठ बुधबार साँझ ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ परे।...