जक अभियोगमा थुनामा रहेका पूर्वप्रदेश प्रमुखको मुद्दामा मिसिल झिकाउने आदेश

जस नेपाल

२८ कार्तिक २०८२

जक अभियोगमा थुनामा रहेका पूर्वप्रदेश प्रमुखको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडाैं । जबर्जस्ती करणीसम्बन्धी अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले अहिराजले दफा ७३ बमोजिम दर्ता गरेको थुनामुक्ति सम्बन्धी निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै मिसिल झिकाउन आदेश गरेको हो।

अहिराजलाई गत साउन १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालतको उक्त आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले  गत भदौ १२ गते जिल्ला अदालतको आदेश कायम राख्दै पुर्पक्ष थुनाको फैसला सदर गरेको थियो। उक्त निर्णयविरुद्ध अहिराज सर्वोच्च अदालत पुगेका हुन्। अब मिसिल आएपछि सर्वोच्चमा उनकाे थुनामुक्ति निवेदनबारे थप सुनुवाइ अघि बढ्नेछ।

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...