काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको छ । देउवा दम्पत्ति हाल नेपालबाहिर छन् ।
नेपाल प्रहरीले उक्त पक्राउ पुर्जीबमोजिम पक्राउ प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप खेपेका देउवा दम्पत्तिविरुद्ध सोही कसुर अनुसन्धान गर्न पक्राउ पुर्जी लिइएको विभागका अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।
भदौ २३ र २४ मा भएको जेन-जी विद्रोह क्रममा प्रदर्शनकारीहरूको एक समूहले देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी गर्दा करोडौँ नगद जलेको अनुमान गरिएको थियो । आगो निभेपछि पनि खरानको चाङबाट जल्न बाँकी नोटका टुक्रा भेटिएको थियो । देउवा निवासको दुईवटा कोठामा नेपाली रुपैयाँ र अमेरिकी डलरलगायत नगद जलेको थियो ।
देउवाले भने आफ्नो घरमा रकम जलेको भिडियो एआईबाट बनाइएको तर्क गरेका थिए । उक्त घटनापछि देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाउनुपर्ने माग हुँदै आएको छ ।
ताजा अपडेट
अब वकीलले सिंहदरबारमा निर्वाध प्रवेश पाउने
२६ चैत २०८२१४ दिनमै पदमुक्त भए श्रममन्त्री साह
२६ चैत २०८२
