सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

जस नेपाल

३ वैशाख २०८३

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न बुधबार उच्चस्तरीय आयोग गठन गरेपछि हजार भन्दा बढी राजनीतिक नेता र सरकारी ओहोदामा हाकिम बनेका व्यक्तिहरु तानिने भएका छन्।

सरकारले उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्ने भनेता पनि यसभित्र कुन–कुन पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरिनेछ भन्ने स्पष्ट कार्यदेश बनाइसकेको छैन । तर, के अनुमान गर्न सकिन्छ भने उक्त अवधिमा मन्त्री बनेका सबै व्यक्तिहरु सम्पत्ति छानविनको दायरामा आउनेछन् ।

यो दायरामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वराष्ट्रपतिद्वय डा. राववरण यादव र विद्यादेवी भण्डारीसमेत पर्छिन् । तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल पनि यसमा तान्छिन् । पूर्वउपराष्ट्रपति परमानन्द झादेखि लिएर नन्दबहादुर पुनसम्मको सम्पत्ति छानविनको दायरामा पर्ने देखिन्छ ।

निजामति कर्मचारीहरुको हकमा पूर्वसचिवदेखि तल कोको पर्छन् भन्ने कार्यादेश तयार भएपछि नै टुंगो लाग्ने छ । विभिन्न किायकमा महानिर्देशक, र एमडी बनेकाहरुलाई उच्च पदस्थ मान्ने हो भने सहसचिव र उपसचिवदेखि लिएर शाखा अधिकृतसम्मको सम्पत्ति छानविन गर्ने हो कि ? कतिपय खरदार र सुबबाहरुले समेत भ्रष्टाचार गरेर आलिशान महल ठड्याएको हुँदा कर्मचारीको कुन तहसम्मको सम्पत्ति छानबिन गर्ने भन्ने प्रश्न जटिल छ ।

रोचक त के छ भने रास्वपा नेतृत्वको सरकारले बनाएको उच्चस्तरीय आयोगले अब सत्तारुढ पार्टीका सभापति रवि लामिछानेको समेत सम्पत्ति छानविन गर्ने छ ।

त्यस्तै, वर्तमान सभामुख डोलप्रसाद अर्याल, मन्त्री बिराजभक्त श्रेष्ठदेखि लिएर रास्वपा सांसद डा. तोसिमा कार्की, पूर्वमन्त्री सुमना श्रेष्ठसमेतको सम्पत्ति छानविनको दायरामा पर्ने भएको छ । ०७९ को चुनावपछि रास्वपा नेताहरुको टोली  उपप्रधान र गृहसहित रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी भएका कारण यी नेताहरुसमेत सम्पत्ति छानविनको दायरामा तानिने भएका हुन् ।

भ्रष्टाचार भएको छ कि छैन भनेर सम्पत्तिको जाँचबुझ हुँदा मृत्यु भइसकेका व्यक्तिको हकमा तिनका सन्तानहरुको समेत सम्पत्ति जाँचबुझ हुने गर्दछ । त्यसर्थ, छानविनको दायरामा मृतकका परिवारहरुले समेत उन्मुक्ति पाउने देखिँदैन ।

जस्तो– रास्वपा सांसद एवं कोषाध्यक्ष लीमा अधिकारीको समेत सम्पत्ति छानविन हुने भएको छ । उनका पिता एवं एमाले स्व. भरतमोहन अधिकारी ०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनी चारपटकसम्म मन्त्री र उपप्रधानमन्त्रीसमेत बनेका थिए । अब उनको परिवारको सम्पत्ति छानबिन हुँदा छोरी लीमाको सम्पत्तिमाथि पनि जाँचबुझ हुनेछ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भइसकेको छ । तर, उनका छोरा सुनीलबहादुर थापा यसवीचमा मन्त्री भइसकेकाले थापा परिवारको समेत सम्पत्ति छानविनको दायरामा आउने छ । तर, सरकारले ०४६ सालदेखिकै सम्पत्ति छानबिन नगरेर ०६२ पछिको मात्रै छानविन गर्ने बताएकाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने तत्काल सम्पत्ति छानबिनको दायरामा आउने छैनन् । तर, ०६१ देखि ०६३ सालसम्म मन्त्रिपरिषदको अध्यक्ष नै बनेर प्रत्यक्ष शासन चलाएका कारण अब पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको समेत सम्पत्ति छानबिन हुने छ।

पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई मात्रै होइन, पूर्वन्यायाधीश खिलराज रेग्मी र सुशीला कार्कीको- समेत सम्पत्ति छानबिन हुनेछ । मन्त्री बन्न पुगेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको समेत सम्पत्ति छानबिन हुनेछ ।

बर्तमान सरकारमै रहेका नयाँ मन्त्री समेत आफ्ना पिताका कारण सम्पत्ति छानविनको दायरामा तानिने सम्भावना देखिएको छ । जस्तो– धनी मन्त्रीका रुपमा रहेका शिक्षा मन्त्री सस्मित पोखरेल आफ्नो पिताका कारण छानविनको दायरामा आउन सक्छन् । मन्त्री पोखरेलका पिता नेपाल राष्ट्र बैंकको निर्देशक र स्वास्थ्य बीमा बोर्डको प्रमुख भैसकेका उच्चपदस्त पूर्व सरकारी कर्मचारी हुन् ।

सरकारले उच्च पदस्थ कर्मचारीको पनि सम्पत्ति छानबिन गर्ने भनिरहँदा सेना र अदालतको क्षेत्रमा पनि हात हाल्छ या मन्त्री, नेता, राजनीतिक नियुक्ति र निजामति सेवालाई मात्र समेट्छ ? यो स्पष्ट भइसकेको छैन ।

अकूत सम्पत्ति आर्जन गर्नेहरुमा नेता र सरकारी कर्मचारी मात्र छैनन्, सार्वजनिक पदमा नबसेका बिचौलियाहरु पनि छन् । के उनीहरुले चाहिँ उन्मुक्ति पाउलान् त ? यो प्रश्न पनि जिवितै छ ।

तथापि सरकारले गरेको निर्णयलाई सुशासनको दृष्टिकोणले सकारात्मक कदम नै मान्नुपर्ने हुन्छ । तर, यसको निष्पक्षता र कार्यान्यवयन पक्षमा भने निरन्तर खबरदारीको आवश्यकता सधैँ रहिरहन्छ । विगतमा पनि यस्तो सम्पत्ति छानविन आयोग नबनेको होइन । ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला पूर्वन्यायाधीश भैरबप्रसाद लम्सालको संयोजकत्वमा ०४६ पछिका उच्चपदस्थहरुको सम्पति छानबीन गरिएको थियो । तर, लम्साल आयोगको प्रतिवेदन अहिलेसम्म गुपचुप राखिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने भनेको छ । आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई राखिएको छ  भने सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साल रहेका छन् ।

छानबिन आयोगले पूर्वमन्त्रीहरुको मात्रै सम्पत्ति जाँचबुझ गर्छ या पूर्वसांसदहरुको समेत छानबिन गर्छ ? यो स्पष्ट भइसकेको छैन ।

यसै सन्दर्भमा यहाँ हामीले ०६२ पछिका विभिन्न सरकारहरुमा कोको मन्त्री बनेका थिए भन्नेबारे प्रारम्भिक सूची प्रकाशित गरेका छौँ । यो सूचीमा रहेका कतिपयको निधन भइसकेको छ भने कतिपय सादगी पूर्वमन्त्रीहरु सामान्य जीवन बिताइरहेका छन् ।

आयोगले यदि निष्पक्षरुपमा सम्पति जाँचबुझ गर्‍यो भने इमान्दार नेताहरुले यसलाई क्लिन चिट पाउने अवसरका रुपमा समेत सदुपयोग गर्न सक्ने छन् ।

०६२ देखि ०८२ सम्मका सरकारहरु–

  • ज्ञानेन्द्र शाह (२०६१ माघ १९ देखि २०६३ बैशाख १२ सम्म)
  • गिरिजाप्रसाद कोइराला (२०६३ बैशाख १२ देखि २०६५ भदौ २ सम्म)
  • प्रचण्ड– (२०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म)
  • माधवकुमार नेपाल (२०६६ जेठ ११–२०६७ माघ २३ )
  • झलनाथ खनाल (२०६७ माघ २३–२०६८ भदौ १२ )
  • बाबुराम भट्टराई (२०६८ भदौ १२–२०६९ चैत १ )
  • खिलराज रेग्मी (२०६९ चैत १–२०७० माघ २८ )
  • सुशील कोइराला (२०७० माघ २८–२०७२ असोज २५)
  • केपी ओली (२०७२ असोज २५–२०७३ साउन २० )
  • प्रचण्ड (२०७३ साउन २०–२०७४ जेठ २४)
  • शेरबहादुर देउवा (२०७४ जेठ २४–२०७४ फागुन ३ )
  • केपी ओली (२०७४ फागुन ३–२०७८ असार २९ )
  • शेरबहादुर देउवा (२०७८ असार २९–२०७९ पुस १० )
  • प्रचण्ड (२०७९ पुस १०–२०८१ असार ३० )
  • केपी शर्मा ओली (२०८१ असार ३०–२०८२ भदौ २४ )
  • सुशीला कार्की (२०८२ भदौ २७ – २०८२ चैत १३ )

ज्ञानेन्द्र शाहको मन्त्रिमण्डल (२०६१-०६३)

  • ज्ञानेन्द्र शाह- अध्यक्ष
  • डा तुल्सी गिरी- उपाध्यक्ष- भूमिसुधार तथा जलस्रोत
  • कीर्तिनिधि बिष्ट- उपाध्यक्ष- भौतिक योजना तथा निर्माण
  • बद्रीप्रसाद मण्डल- मन्त्री कृषि तथा सहकारी
  • रमेशनाथ पाण्डे- परराष्ट्र
  • राधाकृष्ण मैनाली- शिक्षा खेलकुद
  • सलिम मियाँ अन्सारी- वन तथा भू संरक्षण
  • प्रकाश कोइराला- वातावरण विज्ञान तथा प्रविधि
  • कृष्णलाल थकाली- सामान्य प्रशासन
  • बुद्धिराज बज्राचार्य- संस्कृति पर्यटन तथा नागरिक उड्ययन
  • दुर्गा श्रेष्ठ- महिला बालबालिका तथा समाजकल्याण
  • टंक ढकाल- सूचना तथा सञ्चार
  • दानबहादुर शाही- गृह
  • खड्गबहादुर जिसी- स्थानीय विकास
  • रामनारायण सिंह- श्रम तथा यातायात
  • मधुकर सम्शेर राणा- अर्थ
  • निरन्जन थापा- कानुन न्याय तथा संसदीय व्यवस्था
  • डा रूप ज्योति-अर्थ सहायक मन्त्री
  • याङकिला शेर्पा- पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री
  • बिनोद कुमार शाह- जलस्रोत सहायक मन्त्री
  • छक्क बहादुर लामा- स्थानीय विकास सहायक मन्त्री
  • गोल्छे सार्की- श्रम तथा यातायात सहायक मन्त्री
  • जगत गौचन- भौतिक योजना तथा निर्माण सहायक मन्त्री
  • निक्ष सम्शेर राणा-स्वास्थ्य तथा जनसङ्ख्या सहायक मन्त्री
  • सिनेट श्रेष्ठ- शिक्षा तथा खेलकुद सहायक मन्त्री

गिरिजा प्रसाद कोइरालाको अन्तरिम सरकार २०६३

  • गिरिजा प्रसाद कोइराला- प्रधानमन्त्री, रक्षा
  • रामचन्द्र पौडेल- शान्ति तथा पुनर्निमाण
  • साहना प्रधान- परराष्ट्र
  • कृष्णबहादुर महरा- सूचना तथा सञ्चार
  • प्रदीप नेपाल- शिक्षा तथा खेलकूद
  • महन्थ ठाकुर- वातावरण तथा विज्ञान र प्रविधि
  • डा रामशरण महत- अर्थ
  • नरेन्द्रविक्रम नेम्वाङ- कानुन, न्याय तथा संसदीय व्यवस्था
  • कृष्ण सिटौला- गृह
  • देव गुरुङ- वन तथा वातावरण÷स्थानीय विकास मन्त्रालय
  • श्याम सुन्दर गुप्ता – उधोग वाणिज्य आपूर्ति मन्त्री
  • पृथ्वी सुब्बा गुरुङ – संस्कृति, पर्यटन तथा नगारिक उड्यान
  • छविलाल विक – कृषि तथा सहकारी
  • हिसिला यमी- भौतिक योजना तथा निर्माण मन्त्रालय
  • जगत बोगटी- भूमिसुधार तथा व्यवस्था
  • गिरीराजमणि पोखरेल- स्वास्थ्य
  • खड्ग बहादुर विश्वकर्मा- महिला, बालबालिका र समाजकल्याण
  • पम्फा भुसाल- राज्यमन्त्री
  • रमेश लेखक- श्रम तथा यातायात राज्यमन्त्री
  • ज्ञानेन्द्र ब कार्की- जलस्रोत राज्यमन्त्री
  • रामचन्द्र यादव- समान्य प्रशासन राज्यमन्त्री
  • मोहनसिंह राठौर- शिक्षा र खेलकुद राज्यमन्त्री
  • इन्द्र ब गुरुङ- कानुन, न्याय तथा संसदीय व्यवस्था  राज्यमन्त्री
  • शशी श्रेष्ठ– स्वास्थ्य राज्यमन्त्री

पुष्पकमल दाहालको सरकार २०६५

  • पुष्पकमल दाहाल प्रचण्ड– प्रधानमन्त्री
  • वामदेव गौतम– उपप्रधानमन्त्री, गृह
  • बाबुराम भट्टराई– अर्थ
  • उपेन्द्र यादव– परराष्ट्र
  • रामबहादुर थापा– रक्षा
  • विजयकुमार गच्छदार– भौतिक योजना तथा निर्माण
  • विष्णुप्रसाद पौडेल– जलस्रोत
  • कृष्णबहादुर महरा– सूचना तथा सञ्चार
  • जयप्रकाश गुप्ता– कृषि तथा सहकारी
  • अष्टलक्ष्मी शाक्य– उद्योग
  • देव गुरुङ– कानुन, न्याय र संविधान सभा
  • राजेन्द्र महतो– वाणिज्य तथा आपूर्ति
  • मातृका यादव– भूमिसुधार तथा व्यवस्था
  • महेन्द्र पासवान–
  • गोपाल शाक्य – युवा तथा खेलकुद मन्त्री
  • पम्फा भुसाल– सामान्य प्रशासन
  • हिसिला यमी– पर्यटन तथा नागरिक उड्डयन
  • गिरीराजमणि पोखरेल– स्वास्थ्य तथा जनसङ्ख्या
  • रेणुकुमारी– यादव शिक्षा
  • किरण गुरुङ– वन तथा भूसंरक्षण
  • जनार्दन शर्मा– शान्ति तथा पुनर्निर्माण
  • गोपाल किराती– संस्कृति तथा राज्य पुनर्संरचना
  • रामचन्द्र झा– स्थानीय विकास
  • लेखराज भट्ट– श्रम तथा यातायात
  • गणेश शाह– विज्ञान तथा प्रविधि
  • रामचरण चौधरी– महिला, बालबालिका तथा समाज कल्याण

माधव कुमार नेपालको मन्त्रिपरिषद् २०६६

  • माधवकुमार नेपाल- प्रधानमन्त्री
  • विजयकुमार गच्छदार- उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण
  • सुजाता कोइराला- उपप्रधानमन्त्री, परराष्ट्र
  • विद्यादेवी भण्डारी- रक्षा
  • शरतसिंह भण्डारी- पर्यटन तथा नागरिक उड्डयन
  • भीमबहादुर रावल- गृह
  • सर्वेन्द्रनाथ शुक्ला- शिक्षा
  • राजेन्द्र महतो- वाणिज्य तथा आपूर्ति
  • सुरेन्द्र पाण्डे- अर्थ
  • प्रेमबहादुर सिंह- कानुन तथा न्याय
  • प्रकाशशरण महत- ऊर्जा
  • बालकृष्ण खाँण- सिँचाई
  • शंकर पोखरेल- सूचना तथा सञ्चार
  • डा. मिनेन्द्र रिजाल- सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
  • रकम चेम्जोङ- शान्ति तथा पूनर्निर्माण
  • पूर्णकुमार सेर्मा लिम्बु- स्थानीय विकास
  • उमाकान्त चौधरी- स्वास्थ्य तथा जनसङ्ख्या
  • मो. आफ्ताब आलम- श्रम तथा यातायात
  • प्रभाकर प्रधानाङ्ग (रविन्द्र श्रेष्ठ)- सामान्य प्रशासन
  • डम्बर श्रेष्ठ- भूमीसुधार तथा व्यवस्था
  • दीपक बोहरा- वन तथा भू-संरक्षण
  • महेन्द्रप्रसाद यादव- उद्योग
  • मृगेन्द्रकुमार सिंह यादव- कृषि तथा सहकारी
  • गणेश तिवारी नेपाली- युवा तथा खेलकुद
  • ठाकुरप्रसाद शर्मा- वातावरण
  • लक्ष्मणलाल कर्ण- विना विभागीय
  • सर्वदेवप्रसाद ओझा- महिला, बालबालिका तथा समाजकल्याण
  • गणेशबहादुर खड्का- स्थानीय विकास राज्यमन्त्री
  • डिल्लीबहादुर महत -शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री
  • जीतबहादुर दर्जी गौतम- सामान्य प्रशासन राज्यमन्त्री
  • चन्द्रसिंह भट्टराई- ऊर्जा राज्यमन्त्री
  • खड्गबहादुर बस्याल सार्की- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
  • दानबहादुर कुर्मी चौधरी- उद्योग राज्यमन्त्री
  • मानबहादुर शाही- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
  • इन्द्रप्रसाद ढुङ्गेल- विज्ञान तथा प्रविधि राज्यमन्त्री
  • सञ्जयकुमार शाह- भौतिक योजना तथा निर्माण राज्यमन्त्री
  • रामबच्चन अहिर यादव- महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री
  • करिमा वेगम- कृषि तथा सहकारी राज्यमन्त्री
  • शत्रुघप्रसाद सिंह कोइरी- पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • सरोजकुमार यादव- वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
  • गोविन्द चौधरी- शिक्षा राज्यमन्त्री
  • कलावतीदेवी दुसाध- भौतिक योजना तथा निर्माण सहायक मन्त्री
  • चन्दा चौधरी- युवा तथा खेलकुद सहायक मन्त्री

झलनाथ खनालको मन्त्रिपरिषद २०६७

  • झलनाथ खनाल- प्रधानमन्त्री
  • भरतमोहन अधिकारी– उप-प्रधानमन्त्री, अर्थ
  • गङ्गालाल तुलाधर- शिक्षा, विज्ञान तथा प्रविधि
  • विष्णु पौडेल- रक्षा
  • कृष्णबहादुर महरा- उपप्रधानमन्त्री, सूचना तथा सञ्चार
  • भरतमोहन अधिकारी– उप-प्रधानमन्त्री, अर्थ
  • टोपबहादुर रायमाझी- भौतिक योजना
  • वर्षमान पुन- शान्ति तथा पुनर्निर्माण
  • खड्गबहादुर विश्वकर्मा- पर्यटन
  • उपेन्द्र यादव- परराष्ट्र
  • अग्निप्रसाद सापकोटा- सूचना तथा सञ्चार
  • शक्तिवहादुर बस्नेत- स्वास्थ्य तथा जनसङ्ख्या
  • उर्मिला अर्याल- स्थानीय विकास
  • रघुवीर महासेठ- सिँचाई
  • गोकर्ण विष्ट- ऊर्जा
  • भानुभक्त जोशी- वन तथा भू-संरक्षण
  • घनश्याम भुसाल– कृषि
  • युवराज कार्की- सामान्य प्रशासन
  • विश्वनाथ शाह- शान्ति तथा पुनर्निर्माण
  • जयपुरी घर्ती- महिला, बालबालिका तथा समाजकल्याण
  • रामचरण चौधरी- भूमिसुधार तथा व्यवस्था
  • महेन्द्र पासवान- उद्योग
  • प्रभु साह- कानुन तथा न्याय
  • हितवहादुर तामाङ- युवा तथा खेलकुद
  • हरिनारायण यादव- कृषि तथा सहकारी
  • मोहम्मद इस्तियाक राई- श्रम तथा यातायात
  • सुनीलकुमार मानन्धर- वातावरण
  • खगेन्द्रप्रसाद प्रसाई- सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
  • शत्रुघन महतो- स्थानीय विकास राज्यमन्त्री
  • दलवहादुर सुनार- सिँचाई राज्यमन्त्री
  • रामजी शर्मा- ऊर्जा राज्यमन्त्री
  • डम्वर साम्वाहाम्फे- सामान्य प्रशासन राज्यमन्त्री
  • भगवती चौधरी- वन तथा भू-संरक्षण राज्यमन्त्री
  • हकिकुल्लाह खाँ- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
  • देवी खड्का- भौतिक योजना तथा निर्माण राज्यमन्त्री
  • धर्मशिला चापागाई- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
  • ध्रुव आङदाम्बे लिम्वु- पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • नन्दनकुमार दत्त- कृषि तथा सहकारी

डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद २०६८

 

  • डा. बाबुराम भट्टराई- प्रधानमन्त्री
  • विजयकुमार गच्छदार- उपप्रधानमन्त्री, गृह र रक्षा
  • नारायणकाजी श्रेष्ठ- उपप्रधानमन्त्री, परराष्ट्र
  • जयप्रकाशप्रसाद गुप्ता- सूचना तथा सञ्चार
  • हृदयेश त्रिपाठी- भौतिक योजना तथा निर्माण
  • पोष्टबहादुर बोगटी- ऊर्जा
  • टोपबहादुर रायमाझी- स्थानीय विकास
  • राजेन्द्र महतो- स्वास्थ्य तथा जनसङ्ख्या
  • वर्षमान पुन- अर्थ
  • दीनानाथ शर्मा- शिक्षा
  • महेन्द्रप्रसाद यादव- सिंचाई
  • लोकेन्द्र विष्ट मगर- पर्यटन तथा नागरिक उड्डयन
  • गोपाल किराती- सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
  • लेखराज भट्ट- वाणिज्य तथा आपूर्ति
  • भीमप्रसाद गौतम- भूमिसुधार
  • रामकुमार यादव- सामान्य प्रशासन
  • अनिलकुमार झा- उद्योग
  • वृजेशकुमार गुप्ता- कानुन तथा न्याय
  • हेमराज तातेड- वातावरण
  • नन्दन कुमार दत्त- कृषि तथा सहकारी
  • कमला रोका- युवा तथा खेलकुद
  • राजलाल यादव-
  • मुहम्मद वकील मुसलमान- वन तथा भू-संरक्षण
  • दानबहादुर कुर्मी चौधरी- महिला, बालबालिका तथा समाजकल्याण
  • सरिता गिरी- श्रम तथा यातायात व्यवस्था
  • कल्पना धमला- विज्ञान तथा प्रविधि
  • सत्या पहाडी- शान्ति तथा पुनर्निर्माण
  • राजकिशोर यादव-सूचना तथा सञ्चार
  • चन्द्रदेव जोशी- भूमिसुधार तथा व्यवस्था
  • डा. केशवमान शाक्य- वातावरण, विज्ञान तथा प्रविधि
  • एकनाथ ढकाल- सहकारी तथा गरिवी निवारण
  • कुमार बेल्बासे- श्रम तथा रोजगार
  • यदुवंश झा- वन तथा भू-संरक्षण
  • बद्रीप्रसाद न्यौपाने- महिला, बालबालिका तथा समाजकल्याण
  • खोभारी राय- उद्योग राज्यमन्त्री
  • रामबच्चन अहिर (यादव)- रक्षा राज्यमन्त्री
  • सरोजकुमार यादव- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
  • दिलीप महर्जन- पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • विष्णुप्रसाद चौधरी- वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
  • सूर्यमान दोङ- ऊर्जा राज्यमन्त्री
  • लीला भण्डारी- शिक्षा राज्यमन्त्री
  • गोपी आछामी- युवा तथा खेलकुद राज्यमन्त्री
  • घनश्याम यादव- स्थानीय विकास राज्यमन्त्री
  • ज्वाला साह- भूमिसुधार राज्यमन्त्री
  • सुषमा शर्मा – सङ्घीय मामिला राज्यमन्त्री
  • हरिराज लिम्बु – अर्थ राज्यमन्त्री
  • सुनिताकुमारी महतो- सामान्य प्रशासन राज्यमन्त्री
  • भीमराज चौधरी राजबंशी- गृह राज्यमन्त्री
  • लक्ष्मण महतो- वन तथा भू–संरक्षण राज्यमन्त्री
  • दुर्गादेवी महतो (धानुक)- वातावरण राज्यमन्त्री
  • काशी देवी झा- कानुन तथा न्याय राज्यमन्त्री
  • ईश्वर दयाल मिश्र- भौतिक योजना तथा निर्माण राज्यमन्त्री
  • अरविन्द साह- महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री
  • रमणी राम– सिँचाई राज्यमन्त्री
  • सुरीताकुमारी साह- सूचना तथा सञ्चार राज्यमन्त्री
  • ओमप्रकाश यादव- कृषि तथा सहकारी राज्यमन्त्री

खिलराज रेग्मीको मन्त्रिपरिषद् २०६९

  • खिलराज रेग्मी- मन्त्रिपरिषद् अध्यक्ष, रक्षा, सहकारी तथा गरीबी निवारण
  • माधवप्रसाद घिमिरे- गृह र परराष्ट्र
  • हरिप्रसाद न्यौपाने- कानुन, श्रम तथा रोजगार
  • ऋद्धिबाबा प्रधान- महिला, र भूमिसुधार
  • विद्याधर मल्लिक- सङ्घीय मामिला, स्थानीय विकास र स्वास्थ्य
  • माधवप्रसाद पौडेल- सामान्य प्रशासन, सञ्चार र शिक्षा
  • शंकरप्रसाद कोइराला- अर्थ / उद्योग
  • छविराज पन्त- भौतिक प”र्वाधार तथा यातायात र सहरी विकास
  • टेकबहादुर थापा (घर्ती)- कृषि विकास र वन तथा भू-संरक्षण
  • रामकुमार श्रेष्ठ- युवा तथा खेलकुद, शान्ति र पर्यटन
  • उमाकान्त झा – उर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिंचाइ

 

सुशील कोइरालाको मन्त्रिपरिषद २०७०

  • सुशील कोइराला- प्रधानमन्त्री
  • बामदेव गौतम- उपप्रधानमन्त्री, गृह
  • प्रकाशमान सिंह उपप्रधानमन्त्री, स्थानीय विकास
  • रामशरण महत- अर्थ
  • विमलेन्द्र निधि- भौतिक पूर्वाधार तथा यातायात
  • नरहरि आचार्य- कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला
  • महेश आचार्य- वन तथा भू-संरक्षण
  • चित्रलेखा यादव- शिक्षा
  • डा. मिनेन्द्र रिजाल- सूचना तथा सञ्चार
  • राधा ज्ञवाली- ऊर्जा
  • नारायण प्रकाश साउद- सिँचाइ
  • डा. नारायण खड्का- सहरी विकास
  • महेन्द्रबहादुर पाण्डे- परराष्ट्र
  • खगराज अधिकारी- स्वास्थ्य तथा जनसङ्ख्या
  • भीमप्रसाद आचार्य- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • लालबाबु पण्डित- सामान्य प्रशासन
  • दलबहादुर राना- भूमिसुधार तथा व्यवस्था
  • कर्णबहादुर थापा- उद्योग
  • हरिप्रसाद पराजुली- कृषि विकास
  • पुरुषोत्तम पौडेल- युवा तथा खेलकुद
  • सुनीलबहादुर थापा- वाणिज्य तथा आपूर्ति
  • निलम केसी (खड्का)- महिला तथा समाजकल्याण
  • टेकबहादुर गुरूङ- श्रम तथा रोजगार राज्यमन्त्री
  • गिरीबहादुर केसी- वाणिज्य तथा आपूर्ति राज्यमन्त्री

केपी ओलीको मन्त्रिपरिषद २०७२

  • खड्गप्रसाद शर्मा ओली – प्रधानमन्त्री
  • बिजयकुमार गच्छदार- उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  • कमल थापा – उपप्रधानमन्त्री, परराष्ट्र
  • टोपबहादुर रायमाझी – उपप्रधानमन्त्री, उर्जा
  • भीमबहादुर रावल- उपप्रधानमन्त्री, रक्षा
  • सीपी मैनाली- उपप्रधानमन्त्री, महिला, बालबालिका तथा समाज कल्याण
  • चित्रवहादुर के.सी.- उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण
  • विष्णुप्रसाद पौडेल – अर्थ
  • गिरीराजमणि पोखरेल- शिक्षा
  • अग्निप्रसाद सापकोटा- वन तथा भूसंरक्षण
  • शक्तिबहादुर बस्नेत- गृह
  • एकनाथ ढकाल- शान्ति तथा पुनर्निर्माण
  • अग्निप्रसाद खरेल- कानुन, न्याय तथा संसदीय मामिला
  • सोमप्रसाद पाण्डे- उद्योग
  • सत्यनारायण मण्डल- युवा तथा खेलकुद
  • हरिबोल गजुरेल- कृषि विकास
  • रामकुमार सुब्बा- भूमिसुधार तथा व्यवस्था
  • रामजनम चौधरी- स्वास्थ्य तथा जनसङ्ख्या
  • रेखा शर्मा- सामान्य प्रशासन
  • गणेशमान पुन- वाणिज्य तथा आपूर्ति
  • उमेश यादव- सिञ्चाई
  • शेरधन राई- सूचना तथा सञ्चार प्रविधि
  • शान्ता मानवी- पशुपंक्षी विकास
  • विसेन्द्र पासवान- विज्ञान प्रविधि र वातावरण
  • आनन्दप्रसाद पोखरेल – संस्कृति पर्यटन तथा नागरिक उड्ययान
  • मेघराज नेपाली (निषाद) – उद्योग राज्यमन्त्री
  • मो मुस्ताक आलम- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
  • शिवलाल थापा- विज्ञान तथा प्रविधि माननीय राज्यमन्त्री
  • विक्रमबहादुर थापा- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
  • कुन्तीकुमारी शाही- सङ्‌घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
  • दिनेशचन्द्र यादव- खानेपानी तथा सरसफाई राज्यमन्त्री
  • दामोदर भण्डारी – अर्थ राज्यमन्त्री
  • बलबहादुर महत- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • नरदेवी पुन मगर- पशु विकास राज्यमन्त्री
  • मञ्जुकुमारी चौधरी- सहरी विकास राज्यमन्त्री
  • दिपनारायण साह- शान्ति तथा पुननिर्माण राज्यमन्त्री
  • दिनेश श्रेष्ठ- भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री
  • विराज विष्ट- सङ्‌घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री

प्रचण्डको मन्त्रिपरिषद २०७३

  • पुष्पकमल दाहाल प्रचण्ड- प्रधानमन्त्री
  • विमलेन्द्र निधि- उपप्रधानमन्त्री गृह
  • कृष्णबहादुर महरा- उपप्रधानमन्त्री अर्थ
  • अर्जुननरसिंह के.सी.- सहरी विकास
  • रमेश लेखक- भौतिक पूर्वाधार तथा यातायात
  • जनार्दन शर्मा- ऊर्जा
  • डा. प्रकाशशरण महत- परराष्ट्र
  • बालकृष्ण खाँण- रक्षा
  • दीपक बोहरा- आपूर्ति
  • सूर्यमान गुरुङ- श्रम तथा रोजगार
  • गौरीशंकर चौधरी- कृषि विकास
  • दलजित श्रीपाइली- युवा तथा खेलकुद
  • विक्रम पाण्डे- भूमिसुधार तथा व्यवस्था
  • जयदेव जोशी- जनसङ्ख्या तथा वातावरण
  • हितराज पाण्डे- सङ्घीय मामिला तथा स्थानीय विकास
  • सुरेन्द्रकुमार कार्की (राम कार्की )- सूचना तथा सञ्चार
  • धनिराम पौडेल- शिक्षा
  • अजयशंकर नायक- कानुन, न्याय, तथा संसदीय मामिला
  • केशवकुमार वुढाथोकी- सामान्य प्रशासन
  • रोमी गौचन थकाली- वाणिज्य
  • सीतादेवी यादव- शान्ति तथा पुननिर्माण
  • जीवनबहादुर शाही- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • दीपक गिरी- सिँचाइ
  • नवीन्द्रराज जोशी- उद्योग
  • शंकर भण्डारी- वन तथा भू-संरक्षण
  • गगनकुमार थापा- स्वास्थ्य
  • हृदयराम थानी- सहकारी तथा गरिबी निवारण
  • श्रीप्रसाद जवेगु- सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
  • सत्यनारायण भगत- ऊर्जा राज्यमन्त्री
  • राधिका तामाङ- कृषि राज्यमन्त्री
  • धनमाया वि.क.- शिक्षा राज्यमन्त्री
  • दीर्घराज भाट- वन तथा भू-संरक्षण राज्यमन्त्री
  • सीताराम मेहता- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
  • तारामान गुरङ्ग- स्वास्थ्य राज्यमन्त्री
  • सुरेन्द्रराज आचार्य- सिँचाइ राज्यमन्त्री
  • सुवर्ण ज्वारचन- वाणिज्य राज्यमन्त्री
  • इन्द्रबहादुर बानिया- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • दिलिप खवास गच्छदार- श्रम तथा रोजगार राज्यमन्त्री
  • दिपक खड्का- खानेपानी तथा सरसफाई राज्यमन्त्री
  • कन्चन चन्द्र बादे- उद्योग राज्यमन्त्री
  • मिठु मल्ल- सहरी विकास राज्यमन्त्री

शेरबहादुर देउवाको मन्त्रिपरिषद २०७४

  • शेरबहादुर देउवा- प्रधानमन्त्री
  • विजयकुमार गच्छदार- उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास
  • कमल थापा- उपप्रधानमन्त्री, ऊर्जा
  • कृष्णबहादुर महरा- उपप्रधानमन्त्री
  • गोपालमान श्रेष्ठ- उपप्रधानमन्त्री, शिक्षा
  • गिरिराजमणि पोखरेल- विनाविभागीय
  • ज्ञानेन्द्रबहादुर कार्की- अर्थ
  • फरमुल्लाह मन्सुर- श्रम तथा रोजगार
  • जनार्दन शर्मा- विनाविभागीय
  • दीपक बोहरा- स्वास्थ्य
  • प्रभु शाह- विनाविभागीय
  • सुनीलबहादुर थापा- उद्योग
  • जयन्त चन्द- आपूर्ति
  • बिक्रम पाण्डे- वन तथा भू-संरक्षण
  • दिलनाथ गिरी- सहरी विकास
  • जितेन्द्रनारायण देव- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • गोपाल दहित- भूमिसुधार तथा व्यवस्था
  • मोहनबहादुर बस्नेत- सूचना तथा सञ्चार
  • रामकृष्ण यादव- कृषि विकास
  • महेन्द्र यादव- खानेपानी तथा सरसफाई
  • अम्बिका बस्नेत- सहकारी तथा गरिबी निवारण
  • वीरबहादुर बलायर- भौतिक पूर्वाधार तथा यातायात
  • मीनबहादुर विश्वकर्मा- वाणिज्य
  • यज्ञबहादुर थापा- कानुन, न्याय, तथा संसदीय मामिला
  • भीमसेनदास प्रधान- रक्षा
  • सञ्जयकुमार गौतम- सिँचाइ
  • राजेन्द्रकुमार के.सी. – युवा तथा खेलकुद
  • टेकबहादुर बस्नेत- विनाविभागीय
  • शिवकुमार मण्डल केवट- विनाविभागीय
  • महेन्द्रबहादुर शाही- विनाविभागीय
  • आशा कोइराला- विनाविभागीय
  • सन्तकुमार थारु- विनाविभागीय
  • मिथिला चौधरी- जनसङ्ख्या तथा वातावरण
  • विक्रमबहादुर थापा- महिला, बालबालिका तथा समाजकल्याण
  • कुन्तीकुमारी शाही- सहरी विकास राज्यमन्त्री
  • मोहम्मद जाकिर हुसेन- विनाविभागीय राज्यमन्त्री
  • रामसिंह यादव- विनाविभागीय राज्यमन्त्री
  • श्यामकुमार श्रेष्ठ- विनाविभागीय राज्यमन्त्री
  • शम्भुलाल श्रेष्ठ- विनाविभागीय राज्यमन्त्री
  • कर्णबहादुर बि.क. – विनाविभागीय राज्यमन्त्री
  • छमबहादुर गुरुङ- विनाविभागीय राज्यमन्त्री
  • गोमा कुँवर- विनाविभागीय राज्यमन्त्री
  • वाङदी शेर्पा- विनाविभागीय राज्यमन्त्री
  • सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
  • सरिता प्रसाई कृषि विकास राज्यमन्त्री
  • शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री
  • नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री
  • अब्दुल रज्जाकगद्दी- खानेपानी तथा सरसफाई राज्यमन्त्री
  • तप्तबहादुर विष्ट सूचना तथा सञ्चार राज्यमन्त्री
  • अमरसिंह पुन- सिँचाइ राज्यमन्त्री
  • दिलमान पाख्रिन- कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री
  • उदयशम्सेर राणा- अर्थ राज्यमन्त्री
  • डिल्लीबहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री
  • तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री
  • चम्पादेवी खड्का- सहकारी तथा गरिबी निवारण राज्यमन्त्री
  • जनकराज चौधरी- सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
  • सुमित्रा थरुनी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • यसोदा कुमारी लामा- भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
  • रेशम लामा- उद्योग राज्यमन्त्री
  • विराज विष्ट- विज्ञान तथा प्रविधि राज्यमन्त्री
  • कमला देवी शर्मा- वन तथा भू-संरक्षण राज्यमन्त्री
  • भाष्कर भद्रा- ऊर्जा राज्यमन्त्री
  • सुशीलकुमार श्रेष्ठ- आपूर्ति राज्यमन्त्री
  • कान्ता भट्टराई- महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री

केपी ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकार २०७४

  • खड्ग प्रसाद (केपी) शर्मा ओली- प्रधानमन्त्री
  • ईश्वर पोखरेल- उपप्रधान तथा रक्षा
  • राम बहादुर थापा- गृह
  • प्रदीपकुमार ज्ञवाली- परराष्ट्र
  • वर्षमान पुन- ऊर्जा, जलस्रोत तथा सिँचाई
  • गिरीराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि
  • लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति
  • रघुबीर महासेठ- भौतिक पूर्वाधार तथा यातायात, पछि परराष्ट्र
  • गोकर्ण विष्ट- श्रम , रोजगार, तथा सामाजिक सुरक्षा
  • शक्तिबहादुर बस्नेत- वन तथा वातावरण
  • लालबाबु पण्डित- सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • थममाया थापा- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  • डा. युवराज खतिवडा- अर्थ
  • जगतबहादुर सुनार (विश्वकर्मा) – युवा तथा खेलकुद
  • रविन्द्रप्रसाद अधिकारी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • शेरबहादुर तामाङ – कानुन, न्याय, तथा संसदीय मामिला
  • चक्रपाणि खनाल- कृषि, भूमि व्यवस्था तथा सहकारी
  • बीना मगर- खानेपानी
  • पद्माकुमारी अर्याल – स्वास्थ्य तथा जनसङ्ख्या
  • गोकुलप्रसाद बास्कोटा- सञ्चार तथा सूचना प्रविधि
  • धनबहादुर बुढा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी

ओलीको करिब चार वर्षे शासनमा विभिन्न समयमा बनाइएका मन्त्रीहरु–

  • राजेन्द्र महतो– शहरी विकास
  • खगराज अधिकारी– गृह
  • कृष्णगोपाल श्रेष्ठ– शिक्षा
  • अनिलकुमार झा– खानेपानी
  • राजकिशोर यादव– उद्योग
  • बसन्तकुमार नेम्वाङ – भौतिक पूर्वाधार
  • नैनकला थापा– सूचना प्रविधि
  • लीलानाथ श्रेष्ठ– कानून
  • एकवाल मियाँ– खेलकूद
  • नारदमुनि राना– वन
  • गणेशकुमार पहाडी सामान्य प्रशासन
  • उमा शंकर अरगरिया– पर्यटन
  • चन्दा चौधरी– महिला
  • विमल प्रसाद श्रीवास्तव – श्रम
  • लक्ष्मण लाल कर्ण– भूमि व्यवस्था
  • मोहन कुमार बानियाँ– प्रम कार्यालय
  • चन्द्रकान्त चौधरी– उर्जा राज्यमन्त्री
  • रेणुका गुरुङ– महिला राज्यमन्त्री
  • आशाकुमारी बिक– वन राज्यमन्त्री

देउवा मन्त्रिपरिषद, २०७८

  • शेरबहादुर देउवा- प्रधानमन्त्री
  • बालकृष्ण खाँड- गृहमन्त्री
  • ज्ञानेन्द्रबहादुर कार्की- सञ्चार तथा सूचना प्रविधि
  • पम्फा भुसाल- ऊर्जा, जलस्रोत तथा सिँचाइ
  • राजेन्द्रप्रसाद श्रेष्ठ- सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
  • विरोध खतिवडा- स्वास्थ्य तथा जनसङ्‍ख्या
  • जनार्दन शर्मा- अर्थ
  • मिनेन्द्र प्रसाद रिजाल- रक्षा
  • उमाकान्त चौधरी- खानेपानी तथा सरसफाई
  • नारायण खड्का- परराष्ट्र
  • रेणु यादव- भौतिक योजना तथा निर्माण
  • प्रेम आले- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • ज्ञानेन्द्रबहादुर कार्की- कानुन, न्याय तथा संसदीय मामिला
  • दिलेन्द्र प्रसाद बडू –
  • देवेन्द्र पौडेल- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
  • महेन्द्र यादव- कृषि तथा पशुपंक्षी विकास
  • उमा रेग्मी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  • शशि श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
  • रामकुमारी झाँक्री- सहरी विकास मन्त्री
  • गजेन्द्रबहादुर हमाल- उद्योग, वाणिज्य तथा आपूर्ति
  • रामसहाय यादव- वन तथा वातावरण
  • कृष्णकुमार श्रेष्ठ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
  • महेश्वर जङ्ग गहतराज- युवा तथा खेलकुद
  • उमेश श्रेष्ठ- स्वास्थ्य राज्यमन्त्री
  • भवानीप्रसाद खापुङ- शिक्षा, राज्यमन्त्री

प्रचण्ड मन्त्रिपरिषद २०७९ (एमाले र रास्वपासँगको सहकार्य)

 

  • पुष्पकमल दाहाल प्रचण्ड- प्रधानमन्त्री
  • रघुवीर महासेठ- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
  • नारायणकाजी श्रेष्ठ- उपप्रधानमन्त्री तथा परराष्ट्र
  • रवि लामिछाने- उपप्रधानमन्त्री तथा गृह
  • उपेन्द्र यादव- उपप्रधानमन्त्री तथा स्वास्थ
  • वर्षमान पुन- अर्थ
  • शक्ति बहादुर बस्नेत- उर्जा
  • भानुभक्त जोशी- सामान्य प्रशासन
  • हितबहादुर तामाङ- पर्यटन
  • रेखा शर्मा- सूचना प्रविधि
  • पदम गिरी- कानून
  • ज्वालाकुमारी साह- कृषि
  • बलराम अधिकारी- भूमि व्यवस्था
  • दामोदार भण्डारी- उद्योग
  • भगवती चौधरी- महिला तथा वालवालिका
  • राजेन्द्रकुमार राई- खानेपानी
  • हरिप्रसाद उप्रेती- रक्षा
  • धन बहादुर बुढा- सहरी विकास
  • डोल प्रसाद अर्याल- श्रम
  • सुमना श्रेष्ठ- शिक्षा
  • विराज भक्त श्रेष्ठ- युवा तथा खेलकूद
  • नवलकिसोर साह सुडी- वन तथा वातावरण
  • दीपक कार्की- वन तथा वातावरण राज्यमन्त्री
  • तोसिमा कार्की- स्वास्थ्य राज्यमन्त्री

(राप्रपाका मन्त्रीहरु)–

  • राजेन्द्रप्रसाद लिंगदेन- उपप्रधानमन्त्री तथा उर्जा
  • विक्रम पाण्डे- शहरी विकास
  • ध्रुवबहादुर प्रधान- कानून
  • दीपकबहादुर सिंह- उर्जा तथा जलस्रोत राज्यमन्त्री

(नेपाली कांग्रेस र जसपा लगायतसँगको सहकार्य)

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री
  • पूर्णबहादुर खड्का- उपप्रधानमन्त्री तथा रक्षा
  • नारायणकाजी श्रेष्ठ- उपप्रधानमन्त्री तथा गृह
  • बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास
  • धनराज गुरूङ- कानुन, न्याय तथा संसदीय मामिला
  • अशोककुमार राई- शिक्षा, विज्ञान तथा प्रविधि
  • शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
  • प्रकाशशरण महत- अर्थ
  • महिन्द्र राय यादव- खानेपानी
  • शक्तिबहादुर बस्नेत- ऊर्जा, जलस्रोत तथा सिँचाई
  • नारायण प्रकाश साउद- परराष्ट्र
  • रेखा शर्मा- सञ्‍चार तथा सूचना प्रविधि
  • मोहनबहादुर बस्नेत- स्वास्थ्य तथा जनसङ्‌ख्या
  • सुदन किराती- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • प्रकाश ज्वाला- भौतिक पूर्वाधार तथा यातायात
  • रञ्जिता श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
  • रमेश रिजाल- उद्योग, वाणिज्य तथा आपूर्ति
  • सीता गुरूङ- सहरी विकास
  • डिगबहादुर लिम्वु- युवा तथा खेलकुद
  • सुरेन्द्रराज आचार्य- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  • वीरेन्द्रप्रसाद महतो- वन तथा वातावरण
  • अनिता देवी- सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • सुशीला सिर्पाली ठकुरी- पर्यटन राज्यमन्त्री
  • नन्दा चपाई- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री

एमाले-कांग्रेस संयुक्त सरकार २०८१

  • केपी शर्मा ओली- प्रधानमन्त्री
  • प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
  • विष्णु पौडेल– उपप्रधान तथा अर्थ
  • पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि तथा सञ्चार
  • रमेश लेखक – गृह
  • आरजु राणा देउवा– परराष्ट्र
  • देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
  • शरतसिंह भण्डारी– श्रम तथा रोजगार
  • नवलकिशोर साह सुडी– महिला बालबालिका
  • बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारी
  • दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्ति
  • तेजुलाल चौधरी– युवा तथा खेलकुद
  • प्रदीप यादव– खानेपानी
  • प्रदीप पौडेल– स्वास्थ्य
  • अजय चौरसिया– कानुन न्याय तथा संसदीय मामिला
  • बद्रीप्रसाद पाण्डे– पर्यटन
  • रामनाथ अधिकारी– कृषि
  • विद्या भट्टराई– शिक्षा विज्ञान तथा प्रविधि
  • मानवीर राई– रक्षा
  • दीपक खड्का – जलस्रोत तथा ऊर्जा
  • राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
  • ऐनबहादुर शाही ठकुरी– वन तथा वातावरण
  • रघुजी पन्त– शिक्षा (विद्या भट्टराईको ठाउँमा)

सुशीला कार्की सरकार २०८२

  • सुशीला कार्की– प्रधानमन्त्री
  • रामेश्वर प्रसाद खनाल– अर्थ, सामान्य प्रशासन
  • कुलमान घिसिङ– उर्जा, भौतिक पूर्वाधार, शहरी विकास
  • ओमप्रकाश अर्याल– गृह
  • अनिल कुमार सिन्हा– उद्योग, कानून, पर्यटन
  • महावीर पुन– शिक्षा
  • मदनप्रसाद परियार – कृषि
  • जगदीश खरेल– सञ्चार तथा सूचना प्रविधि
  • सुधा गौतम– स्वास्थ्य
  • बब्लु गुप्ता– युवा तथा खेलकूद
  • कुमार इङनाम– भूमि व्यवस्था
  • राजेन्द्रसिंह भण्डारी– श्रम
  • माधवप्रसाद चौलागाई– वन
  • श्रद्धा श्रेष्ठ– महिला
  • बालानन्द शर्मा- परराष्ट्र

सम्बन्धित खवर

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) का राजनीतिक सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म,...

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसद्‌मा उपस्थित...

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

काठमाडौँ । सरकारद्वारा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र...