प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न प्रशासनको आनाकानी, कामु प्रधानन्यायाधीशले देखाइन् चासो

जस नेपाल

२५ वैशाख २०८३

प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न प्रशासनको आनाकानी, कामु प्रधानन्यायाधीशले देखाइन् चासो

काठमाडौँ । संवैधानिक परिषद्को निर्णय विरुद्ध पेस भएको रिट दर्ता गर्ने सर्वोच्च प्रशासनले आनाकानी गरेको पाइएको छ ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरियता मिचेर डा. मनोज शर्माको नाम सिफारिस गरेको थियो । परिषद्ले परम्परा मिचेर चौथो वरियताका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै न्याय क्षेत्रमा चर्को विरोध भइरहेको छ ।

यसैका विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले रिट निवेदन पेस गरेका थिए । सोही रिट निवेदन दर्ता गर्ने सर्वोच्च प्रशासनले आनाकानी गरेको पाइएको हाे । प्रशासनबाट रिट दर्तामा आनाकानी गरेको पाइएपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले यस प्रति चासो व्यक्त गर्दै दर्ता नहुनुपर्ने कारण के हो भनी बुझ्न सर्वोच्च पुगेको पाइएको हो ।

परिषद्ले वरियता मिचेपछि असन्तुष्टि जनाउँदै कामु प्रधानन्यायाधीश मल्लले आज शुक्रवारको इजलास बहिस्कार गरेकी थिइन् ।

सम्बन्धित खवर

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास,...

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...