राष्ट्रिय सभागृहमा कानून दिवस

जस नेपाल

२६ वैशाख २०८३

राष्ट्रिय सभागृहमा कानून दिवस

काठमाडौँ । कानून दिवसको अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा सर्वोच्च अदालतको आयोजनामा जलपान समारोहको सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रर विमल पौडेलले जानकारी दिए ।

विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानून दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो ।

सर्वोच्च अदालतद्वारा आयोजित उक्त कार्यक्रममा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव सभामुख डिपि अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश (कामु) सपना प्रधान मल्लासहित सुरक्षा निकायका प्रमुख, पूर्वप्रधानन्यायधिश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्की, विभिन्न अदालतका न्यायाधीशहरू, कानून र न्याय सेवाका कर्मचारी, सरकारी वकिल र कानून व्यवसायीको सहभागिता रहेको छ ।

विशिष्ट अतिथिको निम्ताे पाएका प्रधानमन्त्री वालेन्द्र शाह भने कार्यक्रममा उपस्थित भएनन् ।

सम्बन्धित खवर

वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्

वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्

आज एउटा संस्था (नेपाल कानून व्यवसायी परिषद) को स्थापना भएको दिन भनेर सम्झिने अवसर...

सांसदको शैक्षिक योग्यता बढाउन माग गरिएको रिट सर्वोच्चद्वारा खारेज (पूर्णपाठ सहित )

सांसदको शैक्षिक योग्यता बढाउन माग गरिएको रिट सर्वोच्चद्वारा खारेज (पूर्णपाठ सहित )

काठमाडौँ  । सर्वोच्च अदालतको संयुक्त इजलासले स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री बनाउन नपाउने र संघीय...

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो...

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगले गर्यो प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगले गर्यो प्रतिवेदन प्रस्तुत

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । नेपालको संविधानको...