विदेशबाट ल्याइने सुन, गहना र व्यक्तिगत सामानमा सरकारको नयाँ भन्सार व्यवस्था

८ मंसिर २०८२

विदेशबाट ल्याइने सुन, गहना र व्यक्तिगत सामानमा सरकारको नयाँ भन्सार व्यवस्था

काठमाडौं – नेपाल सरकारले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन, सुनका गहना, सवारी साधन र व्यक्तिगत प्रयोगका वस्तुमा लाग्ने भन्सार, कर र सुविधासम्बन्धी स्पष्ट नियमहरू सार्वजनिक गरेको छ।

नयाँ व्यवस्था अनुसार, यात्रुले आफ्नो व्यक्तिगत प्रयोगका लागि ल्याउने सुन र गहनामा निश्चित सीमा भित्र भन्सार छुट हुनेछ। पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुनको गहना व्यक्तिगत प्रयोगका लागि ल्याउँदा भन्सार नलाग्नेछ। यसभन्दा बढी परिमाणमा प्रचलित दर अनुसार भन्सार लाग्नेछ र आवश्यकता अनुसार बढी परिमाण जफत गर्न सकिनेछ।

भन्सार अधिकृतले सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार बनाउन सक्नेछन्। विदेशी यात्रुले भन्सार कार्यालयमा ट्रान्जिटमा गहना डिपोजिट राख्न सक्ने व्यवस्था पनि गरिएको छ, जसले नेपालमा ल्याएको गहनालाई सुरक्षित राख्ने सुविधा प्रदान गर्दछ।

विदेशमा श्रम स्वीकृति लिएर काम गरेर फर्केका नेपाली नागरिकले व्यक्तिगत प्रयोगका निश्चित वस्तुमा छुट पाउनेछन्। लगातार ६ महिना विदेशमा बस्नेले एक थान मोबाइल फोन ल्याउन सक्नेछन् भने १२ महिना बसेका र सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले ३२ इञ्चसम्मको टेलिभिजन ल्याउँदा भन्सार छुट पाउनेछन्।

सडक निर्माण दस्तुर र पूर्वाधार विकास करको व्यवस्था अनुसार पैठारी हुने सवारी साधनमा कर भन्सार बिन्दुमा असुल गरिनेछ। सङ्कलन गरिएको रकम संघीय कोषमा जम्मा गर्नुपर्नेछ र मासिक रूपमा अर्थ मन्त्रालयमा विवरण पठाउनुपर्ने प्रावधान राखिएको छ।

सम्बन्धित खवर

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

काठमाडौं । सर्वोच्च अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा गत साता न्यायाधीश महेश शर्मा...

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)...

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

काठमाडौँ । एउटा सानो अनलाइन सपिङबाट किनेको  सामान घरसम्म पुग्न अब केही घण्टा मात्र...

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

काठमाडौँ । व्यापारिक साझेदारी, लगानी, परियोजना वा सहकार्यको सुरुवातमा प्रबन्ध-पत्र (MoU (Memorandum of Understanding))...