काठमाडौँ । पत्रकार विनोद ढकाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले शुक्रबार काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार ढकालले आफ्नो समाजिक सञ्चाल फेसबुकमार्फत प्रहरी महानिरीक्षक दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिविरुद्ध गरेका टिप्पणीका सम्बन्धमा इलाका प्रहरी कार्यालय, इटहरीमा जाहेरी दर्ता भएको थियो । जाहेरी इटहरीका मेयर पाैडेलले दिएकाे बुझिएकाे छ ।
सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्धको मुद्दाको थप अनुसन्धानका लागि सुनसरी पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
ढकाल क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध पत्रकार हुन्।

