काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा पाँच सय रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्य नेतृत्वको टोलीले बिहीबार मुख्यमन्त्री निवासमै पुगेर जरिवाना रकम असुल गरेको हो ।
मुख्यमन्त्री शाहले हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो । भिडियोमा उनी निवास परिसरभित्र मोटरसाइकल चलाइरहेको देखिएका थिए ।
लामो समयदेखि स्वास्थ्य समस्याका कारण बैशाखीको सहायताले हिँडडुल गर्दै आएका शाहको उक्त भिडियो उनका स्वकीय सचिवले टिकटकमार्फत सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक भएसँगै ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भएपछि प्रहरीले जरिवाना गरेको हो ।
ट्राफिक प्रहरीले काटेको चलानीमा ‘हेल्मेट नलगाई सवारी चलाएको कसुर’ उल्लेख गर्दै पाँच सय रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।
ताजा अपडेट
The Founding of YouTube A Short History
१८ असार २०८३The Founding of YouTube A Short History
१८ असार २०८३The Founding of YouTube A Short History
१८ असार २०८३
