प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतकाे अवहेलनाको रिट दर्ता, सुनुवाइ मंसिर ७ मा हुने

१ मंसिर २०८२

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतकाे अवहेलनाको रिट दर्ता, सुनुवाइ मंसिर ७ मा हुने

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतको आदेश अपमान गरेको आरोपसहित दायर गरिएको अवहेलनाको रिट दर्ता भएको छ। सर्वोच्चकी पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध पहिलोपटक यस्तो प्रकृतिको मुद्दा दायर भएको हो।

अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ मंसिर ७ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

जेनजी आन्दोलनपछि बनेको सरकारले अघिल्लो सरकारले पठाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय असोज ३० मा गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ मा आदेश जारी गर्दै विवाद टुंगो नलागेसम्म ‘यथास्थिति कायम’ राख्न सरकारलाई निर्देशन दिएको थियो।

तर आदेशको भोलिपल्टै प्रधानमन्त्री कार्की नेतृत्वको परराष्ट्र मन्त्रालयले ती राजदूतलाई फिर्ता भई मन्त्रालयमा हाजिर हुन निर्देशन जारी गरेको थियो। सोही निर्देशनअनुसार अधिकांश राजदूत मन्त्रालयमा उपस्थित भएका छन्। प्रधानमन्त्रीकाे उक्त कदमलाई अदालतको आदेशको प्रत्यक्ष उल्लंघन ठान्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो।

सम्बन्धित खवर

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/८३ मा १५ वटा...

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मितव्ययिताको नारा दिँदै २० अर्ब रुपैयाँ बचत गर्ने घोषणा गर्ने सरकारले नै...