मोबाइल नदिएको निहुँमा साथीको हत्या

जस नेपाल

१० साउन २०८३

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ ।

गत साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जन्मदिन मनाउने क्रममा साथीहरु मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताए ।

“लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ”, उनले भने, “कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ ।”

जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । साउन १ गत राति २ः३० बजेसम्म लजिनका साथीहरु मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्राररम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ ।

हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो । नियन्त्रणमा लिएकाहरुलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँको धुम्रबाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरुबाट हत्याको सिकार भएका हुन् ।

सम्बन्धित खवर

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ...

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने...

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

शिशुको डाइपरभित्र खैरो हेरोइन, चार जना पक्राउ

झापा ।  शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।...

अभियन्ता वेदिका केसी पक्राउ

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौं । अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले विद्युतीय कसुरसम्बन्धी...