‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

जस नेपाल

८ असार २०८३

‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका रसुवा, आमाछाेदिङमा  गाउँपालिका ४  का धर्मराज थापा क्षेत्रीविरुद्ध अदालतको अवहेलना सम्बन्धी कारबाहीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएकाे छ ।  अदालत प्रशासनका अनुसार मुद्दाकाे प्रारम्भिक सुनुवाइ शुक्रबार (असार १२)  हुने छ ।

अधिवक्ता हरिप्रसाद मैनालील दायर गरेको  निवेदनमा थापा क्षेत्रीले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालत, न्यायाधीश तथा न्यायिक प्रणालीमाथि आधारहीन, अप्रमाणित र अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

निवेदनमा थापा क्षेत्रीले सार्वजनिक रूपमा “न्यायाधीशले कानून होइन पैसा बुझ्छन्”, “सर्वोच्च अदालतका अधिकांश फैसला न्यायाधीशले लेख्दैनन्” लगायतका अभिव्यक्ति दिएको उल्लेख गर्दै यस्ता भनाइले न्यायपालिकाप्रतिको जनविश्वास कमजोर बनाउने, अदालतको गरिमा ह्रास गर्ने तथा न्याय प्रशासनमै असर पुर्‍याउने जिकिर गरिएको छ ।

निवेदनमा नेपालको संविधानको धारा १२६ र १२८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १६ व्यवस्था उल्लेख गर्दै अदालतलाई आफ्ना आदेश, फैसला र न्यायिक प्रक्रियाको सम्मान तथा प्रभावकारिता कायम राख्न अवहेलनासम्बन्धी कारबाही गर्ने अधिकार रहेको तर्क गरिएको छ ।

निवेदकले थापा क्षेत्री हाल बेलायतमा रहेको जानकारी प्राप्त भएको भन्दै कानूनबमोजिम म्याद तामेल गरी उपस्थित गराउन र अदालतको अवहेलनामा आवश्यक कारबाही गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् ।

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...