नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…

२६ कार्तिक २०८२

नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…

कल्पना गर्नुहोस्— तपाईं बिहानको समय कार्यालय जाँदै हुनुहुन्छ । वरिपरिको वातावरण शान्त छ । तर अचानक छेउको घरबाट निस्केको पाल्तु कुकुरले तपाईंको खुट्टामा आक्रमण गर्छ र तपाईं घाइते हुनुहुन्छ । खुट्टामा रगत बग्छ र केही दिन काममा जान सक्नुहुन्न। यस्तो अवस्थामा कानुन के भन्छ ? क्षतिपूर्ति कसले दिन्छ ?

यस प्रश्नको उत्तर मुलुकी देवानी संहिता, २०७४ ले स्पष्टसँग दिएको छ। परिच्छेद–१७, टर्टस् (दुष्कृति) सम्बन्धी व्यवस्था अन्तर्गत दफा ६७२ मा भनिएको छ कि आफैले दायित्व वहन गर्नु पर्ने अरु कसैको त्रुटि,हेलचेक्रयाई वा लापरवाही जेसुकैबाट भए तापनि गरेको कुनै काम (कमिसन) वा अकर्मणयता(ओमिसन ) बाट कसैको जीउ,ज्यान वा सम्पति वा कानून बमोजिम संरक्षित हक वा हितमा कनै किसिमले हानि, नोक्सानी पुर्‍याउनु हुँदैन ।

हक वा हितमा कुनै किसिमले हानि ,नोक्सानी पुर्‍याउनु, कसैको कार्य वा लापरबाहीले अर्कालाई हानि पुर्‍याएमा क्षतिपूर्ति दिनुपर्ने हुन्छ।

यसैलाई विस्तार गर्दै दफा ६७६ ले थप स्पष्ट पार्छ—आफ्नो नियन्त्रणमा रहेको पशुले अर्कालाई हानी पुर्याएमा त्यसको क्षतिपूर्ति सो पशुको मालिक वा संरक्षकले नै व्यहोर्नुपर्छ।

(तर त्यस्तो पशुको स्वभाव अनुसार पशु धनीले पर्याप्त सुरक्षात्मक उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रण राखेको अवस्थामा हानि ,नोक्सानी गरेकोमा वा हानि ,नोक्सानी पुगेको व्यक्तिकै काम ,त्रुटि वा हेलचेक्रयाइबाट हानि,नोक्सानी भएकोमा पशु धनीले दायित्व व्यहोर्नु पर्ने छैन )

 

टर्टस् (Tort) भन्नाले—कसैले आफ्नो लापरबाही वा गैरकानूनी कार्यबाट अर्कालाई हानी, क्षति वा नोक्सानी पुर्याएमा त्यसको कानुनी क्षतिपूर्ति दिने व्यवस्था हो। नेपालमा यसलाई “हानि–नोक्सानीको क्षतिपूर्ति” भनेर बुझिन्छ। यो अपराध भन्दा फरक छ, किनकि यसमा राज्यलाई नभई प्रत्यक्ष पीडित व्यक्तिलाई राहत दिने उद्देश्य हुन्छ।

यसको अर्थ, पाल्तु कुकुरले तपाईंलाई टोकेर चोट पुर्‍याएमा कानुनी जिम्मेवारी सीधा कुकुरको मालिकमाथि पर्छ। कुकुर स्वयंलाई अदालतमा तान्न सकिँदैन, तर उसलाई पाल्ने व्यक्तिले आफ्नो जनावरलाई नियन्त्रणमा राख्न नसकेको लापरबाहीको भार बेहोर्नुपर्छ।

तपाईंलाई भएको क्षतिपूर्ति केवल उपचार खर्चमा सीमित हुँदैन। कानुन अनुसार तपाईँले निम्न दाबी गर्न सक्नुहुन्छ :

उपचार खर्च – अस्पताल तथा औषधिको सम्पूर्ण खर्च।

शारीरिक पीडा र मानसिक तनाव – आक्रमणबाट भएको पीडा, डर र सामाजिक असुविधा।

आर्थिक नोक्सानी – उपचारका कारण काममा जान नसक्दा गुमेको आम्दानी।

यी सबै दाबी अदालतमा पेश गर्न सकिन्छ, र अदालतले कुकुर मालिकलाई क्षतिपूर्ति तिर्न आदेश दिन सक्छ।

यसरी हेर्दा, पाल्तु जनावर पाल्नु केवल व्यक्तिगत रोजाइ मात्र होइन, कानुनी र सामाजिक जिम्मेवारी पनि हो । कुकुर, गाई वा अरू कुनै पशु नियन्त्रणमा राख्न नसक्दा अरूलाई हानी पुग्छ भने, त्यसको प्रत्यक्ष परिणाम मालिकलाई नै भोग्नुपर्छ।

अन्ततः, तपाईंलाई सडकमा कुकुरले टोक्यो भने—कानुनको दृष्टिमा तपाई पीडित हुनुहुन्छ, र कुकुरको मालिक दोषी। क्षतिपूर्ति तिर्ने दायित्व उसकै हो।

सम्बन्धित खवर

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

काठमाडौं । सर्वोच्च अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा गत साता न्यायाधीश महेश शर्मा...

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)...

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

काठमाडौँ । एउटा सानो अनलाइन सपिङबाट किनेको  सामान घरसम्म पुग्न अब केही घण्टा मात्र...

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

काठमाडौँ । व्यापारिक साझेदारी, लगानी, परियोजना वा सहकार्यको सुरुवातमा प्रबन्ध-पत्र (MoU (Memorandum of Understanding))...