रवि र छविको मुद्दाकाे पेशी उच्च अदालत बुटवलमा

२७ कार्तिक २०८२

रवि र छविको मुद्दाकाे पेशी उच्च अदालत बुटवलमा

बुटवल । सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज (बिहीबार) का लागि तोकिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

गत २० कात्तिकमा सो इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । सुरु मिसिल प्राप्त भएपछि आजका लागि मुद्दा पेशी तोकिएको हो ।

यसअघि १३ कात्तिकमा तोकिएको पेशी प्रतिवादी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । आजको सुनुवाइ स्थगित हुने वा नहुनेबारे भने अहिलेसम्म टुंगो न लागेको कुँवरले बताए ।

लामिछाने र जोशीविरुद्ध दायर मुद्दा एकै प्रकृतिको भएकाले न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर रहँदै मुद्दा लड्न माग गरेपछि अदालतले दुवै प्रतिवादीको फाइल एकैपटक पेश गर्न निर्देशन दिएको हो ।

यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा अदालत परिसरमा भएको आगजनी र तोडफोडका घटनाबाट लामिछाने र जोशी दुवैको मुद्दासम्बन्धी फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ ।

यसअघि जिल्ला अदालत बुटवलका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले बिगो दाखिला गरी छुट पाउन गरेको माग अस्वीकार गर्दै २६ साउनमा उनको थुनामै राख्ने आदेश दिएको थियो ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

अदालतले कहिलेसम्म ‘थोरै बजेट’मै न्याय दिने ? विश्वका विभिन्न देशबाट सिक्ने कि !

अदालतले कहिलेसम्म ‘थोरै बजेट’मै न्याय दिने ? विश्वका विभिन्न देशबाट सिक्ने कि !

काठमाडौँ । देशको वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । सडक, पूर्वाधार, ऊर्जा र विकासका...

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

काठमाडौँ । सरकारले श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानूनी दायरामा ल्याउने भएको छ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...