सडक खोला मापदण्डविरुद्ध दबाब, सर्वोच्चको फैसला कार्यान्वयन रोक्न माग

१७ पुष २०८२

सडक खोला मापदण्डविरुद्ध दबाब, सर्वोच्चको फैसला कार्यान्वयन रोक्न माग

काठमाडौं । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै खारेज गर्नुपर्ने मागका साथ समितिको अगुवाइमा बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले भूमि हाम्रो प्राण हो, गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड खारेज गर, स्थानीयलाई उठिबास लगाउन पाइदैन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । २०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो ।

मापदण्ड निर्धारण गर्ने सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरु पीडामा परेको भन्दै उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गरिएको अभियन्ता राजाराम तण्डुकारले बताए ।

संघर्ष समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ ।

सम्बन्धित खवर

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन...

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...