भदौ २३ र २४ का घटना : मानव अधिकार आयोगको प्रतिवेदनमा पश्चातदर्शी प्रभाव

पश्चातदर्शी कानून र दण्ड : संवैधानिकता, अन्तर्राष्ट्रिय अभ्यास तथा चुनौतीहरू

५ असार २०८३

भदौ २३ र २४ का घटना : मानव अधिकार आयोगको प्रतिवेदनमा पश्चातदर्शी प्रभाव

मानव अधिकार आयोगले गत २०८२ भाद्र २३ र २४ गते भएको घटनाका सम्वन्धमा तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको भनी गत २०८३ जेठ १३ गते सार्वजनिक गरेको थियो । उक्त सार्वजनिक प्रतिवेदनमा भनिएको छ-

‘तत्कालीन प्रधानमन्त्री खड्ग प्रसाद शर्भा ओली , तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ र तत्कालीन गृहमन्त्री रमेश लेखकले मानव अधिकार उल्लंघन गरेको पुष्टि भएका हुँदा निजहरुलाई नेपालको संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम गर्न ।… निजहरुलाई मानव अधिकारको उलंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिँदा मानवता र मानव अधिकारको कसूरमा पश्चादर्शी कानून बनाएर पनि सजाय गर्न सकिन्छ भनी अधिवक्ता माधब वस्नेत विरुद्ध नेपाल सरकार भएको ( ने.का.प. २०७२ अंक ९ नि. न. ९०५१) (नोट : यहाँ नेपाल कानून पत्रिका पनि गलत उद्धरण गरिएको छ । यथार्थमा यो २०७२ नभएर २०७० को नेपाल कानून पत्रिका हो ) मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको पुष्टि हुँदा निजहरुलाई कारवाही र सजाय गर्न नयाँ कानून निर्माण गर्नु पर्ने देखिन आयो । अत: सो बमोजिम तीनैजनालाई नयाँ कानून निर्माण गरी सोही बमोमि कारवाही गर्न  ।’

आयोगको यो सिफारिसले उब्जाएका प्रश्न र विधिशास्त्रीय अवधारणा एवं अन्तराष्ट्रिय कानून समेतका आधारमा प्रस्तुत अवधारणा पत्र तयार गरिएको छ ।

हाल विश्वका धेरै मुलुकहरूमा भ्रष्टाचार, राजनीतिक शक्ति दुरुपयोग, युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा आर्थिक अपराधका घटनाहरूलाई लिएर विगतका कार्यहरूमा वर्तमान कानून लागू गर्न खोजिएको बहस देखिन्छ ।

नेपालमा समेत बेलाबेला विगतमा भएका राजनीतिक वा प्रशासनिक कार्यहरूलाई लक्षित गरी पश्चातदर्शी कानून बनाउन सकिने वा नसकिने विषयमा बहस हुने गरेको छ ।

यस सन्दर्भमा उठ्ने मूल प्रश्न हो- के राज्यले आज कानून बनाएर हिजो भएको कार्यका लागि कसैलाई अपराधी ठहर गरी दण्डित गर्न सक्छ ?

यस प्रश्नको उत्तर आधुनिक लोकतान्त्रिक र संवैधानिक व्यवस्थामा सामान्यत: ‘होइन’ भन्ने नै हो । तर, केही यसका केही सीमित अपवादहरू अवश्य छन् ।

मूल अवधारणाहरू

पश्चातदर्शी कानून (Retrospective Law) : विगतमा घटिसकेको घटनामा पछि बनेको कानून लागू हुने अवस्था ।

 पूर्वप्रभावी फौजदारी कानून (Retroactive Criminal Law) : साविकमा अपराध नभएको कार्यलाई पछि अपराध घोषणा गरी दण्ड दिने कानून ।

पूर्वप्रभावी कानूनको वैधताको सिद्धान्त ( Principle of Legality of Retrospective law) : यो सिद्धान्तका मुख्य दुईवटा मूलभुत मान्यताहरु रहेका छन् ।

एक–  नुल्लुम क्रिमेन सिने लेगे (Nullum crimen sine lege ) : यो ल्याटिन भाषाबाट आएको यो फ्रेजको अर्थ हो- कानूनबिना अपराध हुँदैन ।

दुई-  नुल्ला पोयना सिने लेगे (Nulla poena sine lege) अर्थात्- कानूनबिना दण्ड हुँदैन ।

विधिशास्त्री A.V. Dicey ले भनेका छन्- No man is punishable except for a distinct breach of law established in the ordinary legal manner. अर्थात् सामान्य कानुनी तरिकाले स्थापित कानूनको स्पष्ट उल्लंघन बाहेक कुनै पनि व्यक्ति दण्डनीय हुँदैन।

इतिहासको विकासक्रम

प्राचीन रोममा ई .पु.४५० मा बनेको भनि दावि गरिएको रोमन साम्राज्यको संहिता Twelve Tables मा कानून सार्वजनिक र लिखित हुनु पर्छ भन्ने व्यवस्था राखियो यसको अर्थ थियो कानूनले नागरिकलाई पूर्वजानकारीबिना दण्ड दिनु उचित होइन ।

तर पनि युरोपमा राजाहरूले राजनीतिक शत्रुहरूलाई लक्षित गरी पछाडि फर्केर दण्ड दिने अभ्यास व्यापक थियो। Bill of Attainder ( A bill of attainder is legislation that imposes punishment on a specific person or group of people without a judicial trial) मार्फत संसदले व्यक्तिलाई प्रत्यक्ष दोषी घोषणा गर्ने चलन थियो ।

आधुनिक अपराधशास्त्रको विकास र पश्चादर्शी कानून

चेजारे बेकारियाको योगदान : Cesare Beccaria 1738–1794 (इटालियन दार्शनिक, कानुनविद् तथा अर्थशास्त्री) जसले अपराध र सजाय कानूनद्वारा पूर्वनिर्धारित हुनुपर्ने सिद्धान्त प्रतिपादन गरे ।
उनलाई आधुनिक अपराधशास्त्रका पिता मानिन्छ । जसले भनेका छन्- Only laws can prescribe punishments. अर्थात्- कानूनले मात्रै सजाय तोक्न सक्छ।

अमेरिकी संविधान (सन् १७८७) : विश्व इतिहासमा पहिलोपटक पश्चातदर्शी फौजदारी कानूनमाथि स्पष्ट संवैधानिक प्रतिबन्ध लगायो। Ex Post Facto Clause (Article I, Section 9, Clause 3) मा भनियो- No Bill of Attainder or ex post facto Law shall be passed. अर्थात् –  कुनै पनि अधिग्रहण विधेयक (Bill of Attainder) वा पूर्व-प्रत्यक्ष कानून (ex post facto Law) पारित गरिने छैन।

फ्रान्सेली क्रान्ति : मानव तथा नागरिक अधिकार घोषणापत्रले पूर्ववर्ती कानूनबिना सजाय दिन नपाइने घोषणा गर्‍यो । ती हुन्-  Declaration of the Rights of Man र No punishment without prior law.

१९औं–२०औं शताब्दीमा पश्चातदर्शी कानून बनाएर सजाय गर्न नसकिने विषय : विश्वव्यापी संवैधानिक सिद्धान्तका रूपमा Legality Principle स्थापित भयो । तर, सन् १९४५ मा नुरेम्बर्ग न्यायाधिकरणको ट्रायलले अर्को बहस प्रारम्भ गर्‍यो ।

नुरेम्बर्ग न्यायाधिकरणको ट्रायल (सन् १९४५) : दोश्रो विश्व युद्धको समयमा ८ अगस्ट सन १९४५ मा अमेरिका, वेलायत,सोभियत रुस र फ्रान्सले लण्डनमा गरेको सहमति अनुसार नाजी नेताहरूलाई युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा कारवाही गर्न एक विशेष न्यायाधिकरण गठन गर्ने घोषणा गरी न्युरेम्वर्ग ट्रायलको शुरु गरिएको थियो ।

यसले २४ जना नाजी नेताहरुलाई मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोपमा दोषी ठहर गरेको थियो । यहीँबाट पश्चातदर्शी कानून सम्बन्धी सबैभन्दा ठूलो अपवाद विकसित भयो ।

मानव अधिकार कानूनको आधुनिक चरण र पश्चादर्शी कानून

मानवअधिकारको विश्वव्यापी घोषणापत्र : दोस्रो विश्वयुद्धको सपाप्तिसँगै १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र (Universal Declaration of Human Rights) बने पश्चात यसको Article 11(2) ले पछाडि फर्केर अपराध सिर्जना गरी दण्ड दिन नपाइने व्यवस्था गर्‌‍यो । यससँगै पश्चादर्शी कानून बनाउन नपाइने विश्वव्यापी मानकको स्थापना भयो ।

ICCPR को Article 15 ( सन् १९६६) : यसले पश्चादर्शी अपराधीकरणलाई निषेध गर्‍यो । आवश्यकता भन्दा बढी सजायलाई निषेध गर्‍यो । र, थोरै सजायको लाभ अभियुक्तलाई हुने नयाँ अवधारणाको विकास गर्‍यो ।

रोम विधान (Rome Statute) : रोम विधानको Articles २२–२४ सन् १९९८ मा स्वीकृत भएर १ जुलाई २००२ देखि लागु भयो । यो दस्तावेजले अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापना गर्‍यो । व्यक्तिलाई अन्तराष्ट्र‍िय अपराधका लागि जिम्मेवार ठहर गर्न सकिने यो दस्तावेजले नरसंहार,मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमण (Crime of Aggression) लाई अन्तराष्ट्रिय अपराधका रुपमा परिभाषा गरेको छ । पक्ष राष्ट्र‍का राष्ट्रिय अदालतहरुले कारवाही गर्न नसकेको वा नगरेको अवस्थामा मात्र यो अदालतको अधिकार क्षेत्र आकर्षित हुन्छ । यो दस्तावेजले पनि कानूनबिना अपराध हुँदैन र कानूनबिना दण्ड हुँदैन  भन्ने मान्यतालाई नै आत्मासात गरेको छ ।

अपराध शास्त्रका आधुनिक सिद्धान्तहरु : सामान्य नियम- राज्यले विगतका घटनाका सम्वन्धमा नयाँ अपराध सिर्जना गर्न सक्दैन । सजाय बढाएर लागू गर्न सक्दैन । त्यसैगरी, राजनीतिक प्रतिशोधका लागि कानून बनाउन सक्दैन ।

पश्चातदर्शी कानून र वैधताको अवस्था :

परिदृश्य एक- (बैध) : अपराध पहिले नै अस्तित्वमा थियो तर मुद्दा चलाइएको थिएन । उदाहरण : २००५ मा भ्रष्टाचार, हत्या, घुसको अपराध घटित भयो । घुस, भ्रष्टाचार, हत्या त्यतिबेलै अपराध थियो , २०२६ मा मुद्दा चलाइयो। यो पश्चातदर्शी कानून होइन । यो केवल ढिलो अभियोजन हो र यो अभियोजनलाई वैध मानिन्छ । तर, हदम्यादको प्रश्न जीवित हुन्छ ।

परिदृश्य दुई- (अबैध) :  २००५ मा यो कार्य वैध थियो । २०२६ मा संसदले अपराध घोषणा गर्‍यो । २००५ को कार्यका लागि सजाय दिइयो । यो पश्चातदर्शी अपराधीकरण हो । आधुनिक लोकतन्त्रमा यसलाई असंवैधानिक मानिन्छ ।

केही कानूनी सिद्धान्तहरु :

Nuremberg Trials (1945–46)

  • Nazi leaders लाई war crimes, genocide, crimes against humanity, मा trail गरियो।
  • Defense: “No German law made our acts criminal at that time.”
  • Tribunal: अपराधहरू पहिले देखि international Law अन्तर्गत prohibited थिए ।
  • Hence, not true retroactive criminalization but enforcement of pre-existing international norms.
  • Created modern “international crimes exception”.

Nuremberg exception ले सामान्य भ्रष्टाचार वा राजनीतिक निर्णयलाई होइन, केवल मानव सभ्यताविरुद्धका अपराधलाई समेट्छ ।

केही चर्चित मुद्दाहरु :

Calder v. Bull (1798, USA Supreme Court)

  • यो केस उत्तराधिकार (inheritance) सम्बन्धी civil dispute थियो। मृतकको मृत्युपछि इच्छाएको व्यक्तिले अंश पाउने फैसला शुरु अदालतले गर्‍यो । त्यसको पुनरावेदन गर्ने म्याद सकियो तर पछि बनेको कानूनले पुनरावेदन गर्ने म्याद बढायो । यो मामिला सर्वोच्च अदालतमा पुग्यो ।
  • सर्वोच्च अदालतले  M Ex Post Facto Clause केवल फौजदारी कानूनमा मात्र लागू हुन्छ र संसदले देवानी कानून पश्चादर्शी अशर दिने गरी बनाउन सक्ने फैसला गर्‍यो ।
  •  यो मुद्दामा Justice Chase ले पश्चादर्शी कानुनका ४ प्रकार व्याख्या गरेर यो केवल फौजदारी न्यायको सिद्धान्त हो, देवानी कानूनको सिद्धान्त होइन भने । आजसम्म पनि सामान्यतया यो व्याख्या कायमै छ । जस्तो कि- अपराधको प्रकृति गम्भीर बनाउने । सजाय बढाउने । प्रमाणका नियम परिवर्तन गरी सजिलै दोषी बनाउने । आदि ।

जस्तो कि- अपराधको प्रकृति गम्भीर बनाउने । सजाय बढाउने । प्रमाणका नियम परिवर्तन गरी सजिलै दोषी बनाउने । आदि ।

 Ex Post Facto doctrine काे foundational case

अमेरिकामा सन १८६१ देखि १८६५ सम्म गृहयुद्ध (Civil War) चल्यो । आमरुपमा संघ विरुद्ध स्टेटहरुले चलाएको यो गृहयुद्धको समाप्तिसँगै भविश्यमा यस्तो नहोस् भनेर अलग्गै शपथ सम्वन्धी कानून संघले बनायो । Bill of Attainder यस्तो विशेष कानून हो, जहाँ संसद आफैँले सजाय गर्ने प्रावधान राखिएको हुन्छ ।

Bill of Attainder मा ‘म विगतमा संघको विरुद्धमा भएको विद्रोहमा सामेल थिइनँ र भविश्यमा पनि सामेल हुने छैन भन्ने प्रावधान राखियो ।

यो विषय अदालतमा पुग्यो र अदालतले महत्वपूर्ण व्याख्या गर्‍यो ।

Cummings v Missouri (1867  USA Supreme Court)

  • Civil War पछि loyalty oath अनिवार्य बनायो (lawyers, priests आदिका लागि)
  • Past political activity प्रमाणित गर्न नसके पेशा गर्न रोकियो ।
  • Court ले भन्योः यो राजनीतिक प्रतिशोध हो र पश्चातदर्शी दण्ड हो ।
  • कानूनलाई Ex Post Facto + Bill of Attainder  भन्दै असंवैधानिक घोषित गरियो ।
  • Political punishment through law is unconstitutional
  • राजनीतिक निष्ठाको आधारमा पछाडि फर्केर दण्ड दिन खोजिएको कानून बदर गरियो ।

यो व्याख्याले राजनीतिक प्रतिशोधका लागि पश्चादर्शी कानून बनाउन नपाईने सिधान्त स्थापित गर्यो ।

Ex Parte Garland (1867, USA Supreme Court)

  • Confederate affiliation भएका lawyer Garland लाई federal practice रोकियो ।
  • Congress ले loyalty oath अनिवार्य बनाएको थियो ।
  • Court ले भन्योः pardon पाइसकेपछि पनि थप दण्ड दिन मिल्दैन ।
  • यो कानून पनि unconstitutional bill of attainder जस्तो थियो ।
  • State cannot punish past political affiliation through law.
  • राजनीतिक शुद्धीकरणका नाममा पेशागत अधिकार खोस्ने कानून असंवैधानिक ।

Polyukhovich v Commonwealth (1991, Australia)

  • Australia ले War Crimes Act 1945 लागू गरेर World War II अपराधमा prosecution allow  गर्‍यो ।
  • आरोपीले दाबी गरेः यो Retrospective criminal law हो ।
  • High Court ले majority मा कानून Valid ठहर गर्‍यो ।
  • कारण : war crimes पहिलेदेखि नै international law अन्तर्गत अपराध थिए ।
  • Reinforces Nuremberg principle in domestic courts. दोस्रो विश्वयुद्धका अपराधमाथि पछिल्लो कानून लागू । नुरेम्बर्ग सिद्धान्तको प्रभाव स्वीकार ।

Scoppola v Italy (No. 2) (European Court of Human Rights, 2009)

  • Criminal conviction पछि sentencing law परिवर्तन भयो ।
  • नयाँ कानून पहिलेभन्दा हल्का थियो ।
  • प्रश्नः कुन कानून लागू गर्ने ?
  • Court : हल्का कानून (lex mitior) लागू गर्नुपर्छ ।
  • Modern human rights rule: accused gets benefit of lighter law.
  •  हल्का सजाय दिने कानून अभियुक्तको पक्षमा लागू हुनुपर्ने सिद्धान्त स्थापित ।

राजनीतिक सन्दर्भको विश्लेषण :

यदि कुनै सरकारले आज कानून बनाएर विगतका राजनीतिज्ञलाई कारबाही गर्न खोज्छ भने निम्न प्रश्न उठ्छ :
१. कार्य भएको समयमा त्यो अपराध थियो कि थिएन ?
२. सजाय बढाइएको छ कि छैन ?
३. कानून व्यक्तिविशेषलाई लक्षित छ कि छैन ?
४. Rule of Law उल्लंघन भएको छ कि छैन ?
५. राजनीतिक प्रतिशोधको उद्देश्य छ कि छैन ?

पश्चादर्शी कानून बनाउन सकिने अपवादहरु
✓ Genocide
✓ War Crimes
✓ Crimes Against Humanity

अवैध :
✗ राजनीतिक निर्णय
✗ प्रशासनिक निर्णय
✗ सामान्य आर्थिक नीति
✗ सामान्य भ्रष्टाचार

नेपालको सन्दर्भमा पश्चातदर्शी कानून

नेपाल ICCPR को पक्ष राष्ट्र हो। नेपालको संविधान २०७२ मा अमेरिकी शैलीको Ex Post Facto Clause छैन । तर, यी विषयलाई ध्यान दिनुपर्छ-

  • नेपालको संविधान, धारा २० (४)
  • Rule of Law
  • Due Process
  • Fair Trial
  • ICCPR Commitments

नेपालको संविधान र न्याय सम्बन्धी हक

धारा २०(४) अनुसार तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन ।

त्यसैले- विगतमा अपराध नभएको कार्यलाई पछि अपराध बनाएर दण्ड दिन कठिन हुन्छ । विगतमा नै अपराध रहेको कार्यमा भने अनुसन्धान र अभियोजन गर्न सकिन्छ ।र, Transitional Justice वा अन्तर्राष्ट्रिय अपराधको सन्दर्भमा फरक विश्लेषण हुन सक्छ ।

निष्कर्ष

आधुनिक संवैधानिक राज्यको आधारभूत सिद्धान्त अनुसार मानिसलाई उसले कार्य गर्दा अस्तित्वमा रहेको कानूनअनुसार मात्र दण्डित गर्न सकिन्छ । यसैले पश्चातदर्शी फौजदारी कानूनमाथिको प्रतिबन्ध केवल प्राविधिक नियम होइन। यो, स्वतन्त्रताको सुरक्षा हो । संवैधानिक शासनको आधार हो । र, मानव अधिकारको मेरुदण्ड हो । Rule of Law,   Judicial Independence तथा राजनीतिक प्रतिशोधविरुद्धको सुरक्षाको आधारभूत स्तम्भ हो ।

त्यसैले आधुनिक लोकतन्त्रमा  पहिले कानून, त्यसपछि अपराध र दण्ड हुनुपर्छ । अपराध र दण्डपछि कानून होइन ।

तसर्थ मानव अधिकार आयोगको उक्त सिफारिस आधुनिक लोकतान्त्रिक मुल्य मान्यता र हाम्रो संवैधानिक प्रावधान तथा नेपाल पक्ष राष्ट्र भएका सन्धी सम्झौता र अन्तराष्ट्रिय मानवीय कानूनको विपक्षमा देखिन्छ । सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा रहेको आयोगलाई न्यूनतम मानव अधिकार र मानवीय कानून एवं पश्चातदर्शी कानूनको अवधारणा र अभ्यासको ज्ञान नभएको भन्ने हिम्मत गर्न सकिँदैन तर आयोगलाई यस्तो अंसवैधानिक र विधिशास्त्र विपरीतको प्रतिवेदन बनाउन कसले किन प्रेरित गर्‍यो भन्ने प्रश्नचाँहि अनुत्तरित छ ।

अर्कोतर्फ, आजको संसदले माथि चर्चा गरिएजस्तै Bill of Attainder नबनाउला भन्न सकिन्न । किनकि, संविधान संशोधन गर्न राष्ट्रिय सभा नै आवश्यक नपर्ने र कानूनले तोकेको मुद्दा लागेको अवस्थामा स्वत: निलम्वनमा पर्ने विषय अब साँसदहरुको हकमा भने विशेषाधिकार कानून हुने भई उनीहरु निलम्वनमा नपर्ने प्रतिनिधिसभा नियमावली पास भइसकेको अवस्था छ। त्यसैले आगामी दिनहरु संवैधानिक सर्वोच्चता,विधिको शासन र लोकतन्त्रका लागि निकै जोखिमपूर्ण हुने देखिन्छ ।

भर छैन, हाम्रो न्यायपालिका पनि के गर्छ ? निरन्तर चनाखो ,सजग र क्रियाशील बनौं । संविधान र संविधानवादको रक्षा गरौं ।

(उच्च अदालत पाटनद्वारा शुक्रबार आयोजित पश्चातदर्शी कानूनको प्रभावसम्बन्धी विचार गोष्ठीमा वरिष्ठ अधिवक्ता एवं संविधानविद टीकाराम भट्टराईद्वारा प्रस्तुत विचार)

भिडियाे :

पश्चातदर्शी कानून बनाउँदा हजुरबाहरु बहुविवाहमा जेल जान्छन् !

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...