महान्यायाधिवक्ताविरुद्धको रिटमा अन्तरिम आदेशबारे छलफल हुँदै

८ माघ २०८२

महान्यायाधिवक्ताविरुद्धको रिटमा अन्तरिम आदेशबारे छलफल हुँदै

काठमाडौँ । रवि लामिछाने र जीवी राई लगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध परेको रिटमा विहीबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

अधिवक्ता युवराज पौडेलद्वारा दायर गरिएको रिटमा मंगलबार कारण देखाऊ आदेश जारी भई अग्राधिकार प्रदान गर्ने निर्णय भएको थियो ।

अदालतले महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णयको सक्कल कागज र रवि लामिछानेका निवेदनहरुसमेत झिकाएर आज (विहीबार) अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्ने भएको हो।

यसका साथै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ताको निर्णय विरुद्ध दायर गरेको रिटामाथि पनि सुनुवाई हुँदैछ ।

दुबै रिटहरु न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र को संयुक्त इजलासमा परेका छन् ।

यो पनि–

महान्यायाधिवक्ताज्यू, जीबी राईले संगठित अपराध गरेका होइनन् ?

सम्बन्धित खवर

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

काठमाडौँ । वकील बन्न पक्कै पनि सजिलो छैन । वर्षौँसम्म कानूनका किताब पढेर, आवश्यक...

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...