प्रधानन्यायाधीश नियुक्तिलाई ‘रुजु’ गर्ने सुनुवाई समितिमा १२ सांसद छानिए

जस नेपाल

२७ चैत २०८२

प्रधानन्यायाधीश नियुक्तिलाई ‘रुजु’ गर्ने सुनुवाई समितिमा १२ सांसद छानिए

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशका साथै संवैधानिक अंगका पदाधिकारीको नियुक्तिलाई अनुमोदन गर्नका लागि गठन गरिने संसदीय सुनुवाई समितिमा १२ जना सांसदहरु चुनिएका छन् ।

संघीय संसदको अधिवेशन अन्त्यका दिन शुक्रबार सार्वजनिक गरिएका दुबै सदनका समितिहरुमा संसदीय सुनुवाई समितिका सदस्यको नामसमेत समावेश छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा दुबैको संयुक्त समिति मानिने संसदीय सुनुवाई समितिका सदस्यहरुमा अर्जुन नरसिंह के.सी., भिष्मराज आङ्देम्बे, कबिन्द्र बुर्लाकोटी, मधु चौलागाई, गजला समिम निकरानी, रन्जु दर्शना, चन्दन कुमार सिंह, राजिव खत्री, पद्मा कुमारी अर्याल, डा. लेखजंग कार्की, बोध नारायण श्रेष्ठ र वर्षमान पुन रहेका छन् ।

संविधानको धारा २९२ अनुसार गठन हुने संसदीय सुनुवाई समितिले संवैधानिक परिषदको सिफरिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख र पदाधिकारीहरु र राजदूतहरुको नियुक्ति हुनुअघि सुनुवाई गर्ने प्रावधान छ ।

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्तिको तयारी भइरहेको छ भने निर्वाचन आयोगका प्रमुख लगायतका नियुक्तिहरु बाँकी छन् । यी नियुक्तिहरुमा अब संसदीय सुनुवाई गर्ने बाटो खुलेको छ ।

अब समितिमा रहेका १२ सदस्यले बैठक बसेर सभापतिको निर्वाचन गरेपछि समितिले आफ्नो काम अघि बढाउनेछ ।

यो पनि-

सर्वोच्चको अस्थिरता सकिँदै : आगामी १० वर्षसम्म तीनजना प्रधानन्यायाधीश बन्ने

संघीय संसदका दुईमध्ये अर्को संयुक्त समितिका रुपमा ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति’ रहन्छ । यो समितिमा पनि १२ जना सांसदहरु सदस्यका रुपमा छानिएका छन् ।

उक्त समितिमा अंकिता ठाकुर, प्रकाश चन्द्र परियार, गणेश कार्की, प्रमेश कुमार हमाल, गीता गुरुङ, राजेश प्रसाई, जनकराज गिरी, डा. राम लामा, नरेन्द्र चौधरी, रिमा विश्वकर्मा, पुष्पराज कँडेल र सुशान्त वैदिक रहेका छन् ।

प्रतिनिधिसभातर्फका १० वटा विषयगत समितिहरुको पनि नामावली सार्वजनिक भएको छ । समितिका सदस्यहरु चयन गरिएको छ । अब सबै समितिले आआफ्नो बैठकबाट सभापति चयन गर्नेछन् । मूलतः सार्वजनिक लेखा समितिको सभापति भने विपक्षी दलबाट बनाउने संसदीय परम्परा छ ।

संसदीय समितिहरुलाई ‘मिनी पार्लियामेन्ट’ भन्ने गरिन्छ ।

प्रतिनिधिसभाका १० वटै समितिका सदस्यहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित खवर

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधानले संघीय संसदलाई तिमीले दश वर्ष पुगेपछि यो यो कुरामा पुनरावलोकन गर है भनेर...

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बाल सुधार गृहमा रहेका बालबालिकाको...

अब गण्डकी प्रदेशमा गाँजा खेती गर्न पाइने ! प्रदेश सभाले पारित गर्‍यो विधेयक

अब गण्डकी प्रदेशमा गाँजा खेती गर्न पाइने ! प्रदेश सभाले पारित गर्‍यो विधेयक

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो खुलेको...

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बिहिबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त...