जापानी भाषा परीक्षाविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

जस नेपाल

१५ माघ २०८२

जापानी भाषा परीक्षाविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान जाने प्रशिक्षार्थी कामदारका लागि लिइँदै आएको भाषा परीक्षाविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले सञ्चालन गर्दै आएको भाषा परीक्षालाई लिएर दायर रिटमा बिहिबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले खारेजीको आदेश दिएको हो ।

सरकारले यसअघि ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ खारेज गरेसँगै जिट्को (Japan International Training Cooperation Organization) मार्फत कामदार पठाउने व्यवस्था र जानले लिने भाषा परीक्षा बन्द गरिएको थियो । सो निर्णयविरुद्ध अधिवक्ता हसिना प्रधानसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको बिहिबारकाे आदेशसँगै सरकारको निर्णय वैधानिक ठहरिएको छ । अब जापानका लागि प्रशिक्षार्थी कामदार सबै म्यानपावर कम्पनीमार्फत पठाउन सकिने व्यवस्था यथावत् रहने भएको छ । हाल नेपालबाट ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (TITP) अन्तर्गत कामदार पठाइँदै आएको छ भने जापानले सन् २०२७ देखि ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ESD) कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

सम्बन्धित खवर

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठूलो मात्राको क्लिङ्कर हिनामिना...

टेलिकमका तत्कालीन निर्देशक पाैडेलसहित १८ जनाविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

टेलिकमका तत्कालीन निर्देशक पाैडेलसहित १८ जनाविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित...

सरकार र जेनजीबीचकाे १० बुँदे सम्झौतामाथि पूर्ण सुनुवाइ हुने

सरकार र जेनजीबीचकाे १० बुँदे सम्झौतामाथि पूर्ण सुनुवाइ हुने

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले...

रविको मुद्दा फिर्ता प्रकरण : महान्यायाधिवक्ताले प्रमाण छ भनेपछि अदालतले भन्यो– पेस गर्नू

रविको मुद्दा फिर्ता प्रकरण : महान्यायाधिवक्ताले प्रमाण छ भनेपछि अदालतले भन्यो– पेस गर्नू

काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार रवि लामिछानेको मुद्दा फिर्ता लिनेसम्बन्धी प्रकरणबारे बहस भयो ।...