रविको मुद्दा फिर्ता प्रकरण : महान्यायाधिवक्ताले प्रमाण छ भनेपछि अदालतले भन्यो– पेस गर्नू

११ माघ २०८२

रविको मुद्दा फिर्ता प्रकरण : महान्यायाधिवक्ताले प्रमाण छ भनेपछि अदालतले भन्यो– पेस गर्नू

काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार रवि लामिछानेको मुद्दा फिर्ता लिनेसम्बन्धी प्रकरणबारे बहस भयो । विभिन्न जिल्ला अदालतमा लामिछानेविरुद्ध परेका सम्पत्ति शुद्धीरकण र संगठित अपराधसम्बन्धी अभियोगहरु फिर्ता लिने महान्यायाधिवक्ताले गरेको निर्णयविरुघ परेका तीनवटा रिटमाथि अदालतले सुनुवाई गरेको हो ।

माघ ६ गते र दर्ता भएको रिटमाथि यसअघि सर्वोच्च अदालतले गरेको आदेशमा मुद्दा फिर्ता लिनुको कारणबारे प्रमाणहरु र निर्णयको सक्कल कागज पेस गर्न महान्यायाधिवक्ता कार्यालयलाई आदेश जारी भएको थियो ।

अदालतले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न आइतबार विपक्षी महान्यायाधिवक्तालाई समेत बोलाएको थियो ।

अदालतको आदेशअनुसार महान्यायाधिवक्ता सविता भण्डारी आफूले गरेको निर्णय र रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा दिएको निवेदनसमेत बोकेर सर्वोच्च अदालत पुगेकी थिइन् ।

महान्याधिवक्ता कार्यालयविरुद्ध परेका रिटहरुमाथि आइतबार साँझ ५ बजेसम्म गर्मागर्मी बहस भएको थियो ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको बहसका क्रममा महान्यायाधिवक्ता भण्डारीले रविको अभियोग आफूले विना आधार संशोधन गरेको नभई त्यसमा नयाँ प्रमाण भेटिएको बताएकी थिइन् ।

भण्डारीले प्रमाण आफूसँग प्रमाण छ भनेपछि अदालतले ती प्रमाणहरु पेस गर्न भनेको छ । त्यसपछि बल्ल अन्तरिम आदेश दिने या नदिनेबारे छलफल हुने रिट निवेदकमध्येका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जस नेपाललाई बताए ।

यो पनि-

महान्यायाधिवक्ताज्यू, जीबी राईले संगठित अपराध गरेका होइनन् ?

सम्बन्धित खवर

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

बिराटनगर। मोरङको सिडियो कार्यालयको निर्णयलाई उधृत गर्दै जिल्लाका १७ वटै सबै स्थानीय तहले हालै...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...