टेलिकमका तत्कालीन निर्देशक पाैडेलसहित १८ जनाविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

जस नेपाल

१५ माघ २०८२

टेलिकमका तत्कालीन निर्देशक पाैडेलसहित १८ जनाविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा स्थगित भएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको पेसी प्रतिवादी पक्षका कानुन व्यवसायीको आग्रहमा स्थगित गरिएको हो ।

पौडेलसहितका प्रतिवादीमाथि नेपाल टेलिकमको विलिङ प्रणाली अपग्रेड गर्ने क्रममा मिलेमतोमा भ्रष्टाचार गरेको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध करिब ३३ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

अभियोगअनुसार २०६८ पुस ६ गते तत्कालीन व्यवस्थापनले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक समर्थन प्रणालीसम्बन्धी सम्झौता गरेको थियो । सो सम्झौतामार्फत विभिन्न दूरसञ्चार सेवालाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने र रियल–टाइम बिलिङ प्रणाली लागू गर्ने उद्देश्य रहेको भए पनि त्यस प्रक्रियामा अनियमितता भएको आरोप छ ।

सम्बन्धित खवर

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन नियम, २०२६ ‘Solid Waste Management Rules, 2026’...

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको...

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग तत्काल सम्बोधन गर्न...