सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता

जस नेपाल

२० माघ २०८२

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार सर्लाहीको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए ।

“ऐन र नियमावली संशोधनपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट सोमबार पहिलोपटक नागरिकता जारी गरेको छ”, प्रमुख जिल्ला अधिकारी कँडरियाले भने, “योसँगै बुबाको अत्तोपत्तो नभएका, विदेशी बुवा र नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ ।” यसबाट जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने अपेक्षा गरिएको उनले बताए ।

संशोधन ऐनअनुसार आफूले दुई हप्ता पहिलादेख जिल्लाका २० वटै पालिकामा परिपत्र गरेको जनाउँदै प्रजिअ कँडरियाले सोहीअनुसार प्रक्रिया पूरा गरी नागरिकता जारी गरिएको बताए ।

नागरिकता नभएकै कारण शिक्षा र सीप भएर पनि जागिर गर्न नपाएका, बैंक खातादेखि सिमकार्ड आफ्नो प्रयोग गर्न नपाएकाको समस्या अब समाधान हुने उनले विश्वास व्यक्त गरे ।

“आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु । नेपाली नागरिकबाट नेपाल भूगोलमा जन्मिएको एउटा सन्तानले आफूलाई नेपाली करार गर्न गर्नुपरेको सङ्घर्ष पीडादायी र चुनौतीपूर्ण छ”, नागरिकता पाएपछि गुप्ताले भने ।

सम्बन्धित खवर

बन्दसूचीबाट को को हटे ? हेर्नुहोस् ७६ जनाको नामावली

बन्दसूचीबाट को को हटे ? हेर्नुहोस् ७६ जनाको नामावली

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारलाई समानुपातिकतर्फको बन्द सूचीबाट हटाएको छ...

विमानस्थलमा अख्तियारकाे छापा : भन्सार अधिकृत न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ

विमानस्थलमा अख्तियारकाे छापा : भन्सार अधिकृत न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस...

निर्वाचन आचारसंहिता : आयोगले यसरी गर्दैछ कारबाही

निर्वाचन आचारसंहिता : आयोगले यसरी गर्दैछ कारबाही

अहिले निर्वाचनको माहोल भएको हुनाले निर्वाचन आयोगतर्फ केही प्रश्नहरु तेर्सिनु अथवा यसमा आयोगको बढी...

सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार : तत्कालीन उपकुलपति डा. भण्डारीसहित २० विरुद्ध मुद्दा दायर

सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार : तत्कालीन उपकुलपति डा. भण्डारीसहित २० विरुद्ध मुद्दा दायर

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै...