विमानस्थलमा अख्तियारकाे छापा : भन्सार अधिकृत न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ

जस नेपाल

१९ माघ २०८२

विमानस्थलमा अख्तियारकाे छापा : भन्सार अधिकृत न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । अख्तियारले उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ नगद र २३ थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखाका नायब सुब्बा छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी पनि रहेका छन् । अख्तियारका अनुसार सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा टोली खटाई उनीहरूलाई रंगेहात नियन्त्रणमा लिइएको हो  ।

कार्यालय सहयोगी पुडासैनीको कार्यकक्ष र निवासबाट करिब एक लाख ४६ हजार रुपैयाँ तथा नासु रिजालको साथबाट ३८ हजार ८४८ रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। तीनै जनाले मिलेमतोमा घुस लिई बाँडफाँट गर्ने तयारीकै क्रममा पक्राउ परेको बताइएको छ ।

अख्तियारले बरामद गरिएका मोबाइल फोनहरू थप अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे आयोगले जनाएको छ।

सम्बन्धित खवर

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०८३ ले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन प्रधानमन्त्रीसँग...

राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस

राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस

काठमाडौँ । राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ । सभाको...

आमसञ्चारसम्बन्धी तीन ऐनलाई एकीकृत गरी नयाँ विधेयक तर्जुमा गर्ने तयारी

आमसञ्चारसम्बन्धी तीन ऐनलाई एकीकृत गरी नयाँ विधेयक तर्जुमा गर्ने तयारी

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्यसहित...

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौँ।  सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले...