रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले भन्यो – ‘अन्तरिम आदेश दिनुपर्ने देखिएन’

२५ माघ २०८२

रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले भन्यो – ‘अन्तरिम आदेश दिनुपर्ने देखिएन’

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिट निवेदनमा तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले आइतबार गरेको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै निवेदनलाई नियमअनुसार अघि बढाउन आदेश दिएको हो ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी खरेज गरिदिएको विषयमा निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट दायर गरेका थिए । अन्तरिम आदेशको मागसहित परेको उक्त निवेदनमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेसहित अन्य कानून व्यवसायीहरूले बहस गरेका थिए भने प्रत्यर्थीका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

निवेदनमा चौधरीविरुद्ध टीकापुर घटनासँग सम्बन्धित ज्यान, ज्यान मार्ने उद्योग तथा डाँका चोरी मुद्दामा यसअघि जन्मकैद सजाय भएको र पछि नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको प्रसंग उल्लेख छ । यद्यपि, सोही मुद्दामा दोषी ठहरिएको आधारमा निर्वाचन आयोगले उनलाई राजनीतिक दलको सदस्य बस्न अयोग्य ठहर गरेको निर्णय बदर गराउन उनले अदालत गुहारेका हुन् ।

संवैधानिक तथा कानुनी व्यवस्थाको व्याख्या आवश्यक देखिएको भन्दै अदालतले तत्काल अन्तरिम आदेश जारी नगर्ने निष्कर्ष निकालेको हो । मुद्दा अब नियमित प्रक्रियाअनुसार अगाडि बढ्नेछ ।

सम्बन्धित खवर

बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ, भदौ २४ मा नक्खु कारागारबाट फरार भएको तथ्य फेला

बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ, भदौ २४ मा नक्खु कारागारबाट फरार भएको तथ्य फेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’काे महाराजगन्जको कोठामा चोरी...

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १ हजार ५ सय बढी सामग्री हटाइयो

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १ हजार ५ सय बढी सामग्री हटाइयो

धनुषा । जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा...

न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

फाइल तस्बिर : न्याय परिषद र न्याय सेवा आयोगका पदाधिकारी एवं कर्मचारीहरु काठमाडौँ ।...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने प्रेस काउन्सिलको निर्णय

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक...