स्वीकृत नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

जस नेपाल

६ फागुन २०८२

स्वीकृत नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे एक लाखसम्म जरिवाना हुने भएको छ ।

समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानूनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने बताए । “समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ”, कार्यकारी निर्देशक पन्थीले भने।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको (गठन) आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिइ पात्रो तथा क्यालेण्डर प्रकाशन गरे रु १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिइ पात्रो वा क्यालेण्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ ।

कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताउनुभयो । बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने हुन्छ ।

समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरको स्वीकृतिका लागि रु दुई हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेण्डरको स्वीकृतिका लागि रु पाँच हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेण्डर स्वीकृतिमा रु १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको (गठन) आदेश २०७७ –

सम्बन्धित खवर

भारतमा न्यायाधीशविरुद्ध १० वर्षभित्र ८,६३० उजुरी

भारतमा न्यायाधीशविरुद्ध १० वर्षभित्र ८,६३० उजुरी

भारत । पछिल्ला १० वर्षयता भारतमा न्यायाधीशविरुद्ध ८,६३० उजुरी परेको त्यहाँको केन्द्रीय कानून मन्त्रालयले...

नेपालका जेन–जीलाई झस्काउने बङ्गलादेशको चुनावी नतिजा : सुशासन र स्वतन्त्रता के होला ?

नेपालका जेन–जीलाई झस्काउने बङ्गलादेशको चुनावी नतिजा : सुशासन र स्वतन्त्रता के होला ?

काठमाडौँ । गएको भदौ २३ र २४ मा विद्रोह गरी राजनीतिक/संवैधानिक उथलपुथल निम्त्याएका नेपालका...

विजय माल्यालाई अदालतले भन्यो – मुद्दा लड्ने भए देश फर्क

विजय माल्यालाई अदालतले भन्यो – मुद्दा लड्ने भए देश फर्क

नयाँदिल्ली । भारतको बम्बई हाइकोर्टले बैङ्कबाट अर्बौँ कर्जा अपचलन गरी भागेर बेलायत पुगेका विजय...

नेकपा भन्छ – समाजवाद ल्याउन सुशासन र रोजगारी

नेकपा भन्छ – समाजवाद ल्याउन सुशासन र रोजगारी

काठमाडौँ । गएको भदौ २३ र २४ गते भएको जेन(जी विद्रोहको प्रमुख माग थियो...